Banner
Banner

समय फेरिएको छ । पाठकहरुका रुचि र स्वाद फेरिएका छन् । पत्रपत्रिकाका दाँजोमा अहिले अनलाईन खबर साईटहरु उत्कृस्ट हुदै गईरहेका छन् । यही संयोगलाई आत्मसात गर्दे हाम्रो पहिलो प्रयास स्वरुप अनलाईन पत्रिका नामको खबर पत्रिका यहाँ सामु ल्याएका छौ । पाठकको मायालाई आत्मसात गर्दे ललितपुरका खबर तथा गतिविधिमा आँखा लगाउँदैछु । अहिलेको सुचना युग फेरि निकै फराकिलो बनेको अवस्थामा अनलाईन पत्रिकालाई मैलै मेरो तर्फबाट यहाँहरुलाई जानकार बनाउने प्रयास सहित यो थालेको पनि सहर्ष जानकारी गराउँन्छु ।

अबको समयबाट यहाँ तपाईहरुले समाचारमुलक विडियो, अडियो तथा अन्य ताजा समाचारहरु हेर्न सुन्न र पढ्न पाउनुहुनेछ । त्यसमा फेरि तपाईहरुको सदभाव र साथ निरन्तर रहेनेछ भन्ने पुर्ण विश्वासमा । हरेक व्यक्ति स्थान तथा समस्ट राष्ट्र विकासका निम्ति पत्रकारिताको ठुलो भुमिका रहनेगर्छ । त्यसैले यही अभिव्यक्तिलाई शिरोपर गर्दै हामीले यसलाई निरन्तरता दिने प्रयास स्वरुप अनलाईन पत्रिका नामक साईट पत्रिका यहाँ समक्ष ल्याएका छौ । विषेशगरि ललितपुरको साथै बिभिन्नस्थानका विषयवस्तु खोजखबर र घटनालाई प्राथमिकता दिएर अघि बढी यस मार्फत सम्पुर्ण पक्षलाई सचेत पार्न प्रणमा अनलाईन पत्रिकाको प्रतिबद्धता रहेको छ । यो हाम्रो पहलमा यहाँको मार्ग निर्देशन र सहयोग अत्यावश्यक छ । यसर्थ अनलाईन पत्रिकाका  लागि सदा यहाँको उचित सल्लाह र प्रतिकि्रयाको आशा राखेका छौ ।

सम्पुर्ण पाठकहरु, लेखकहरु तथा शुभचिन्तकहरु  तपाँईले हेर्दै गर्नुभएको यो साईटले ललितपुरको हरेक विषयबस्तु समाचार तथा घटनाक्रम समेट्ने अठोट लिएको छ । यहाँमा स्मरण रहोस्, अनलाईन पत्रिकालाई छापा ल्याउने बचन दिएको १ महिना नबित्दै सानो प्रयास स्वरुप अनलाईन पत्रिका साप्ताहिकमा प्रकाशित हुँदै आईरहेको छ । जुन हरेक सोमबार प्रकाशित हुन्छ । सानो प्रयासमा मिसिएको ठूलो आत्मविश्वाससँगै थालिएको यो कदमलाई पनि यहाँहरुले सदा सहयोग र साथ दिनुहुनेछ भन्ने पुर्ण आशा लिएकै छु ।

 

सुविन कुमार श्रेष्ठ

प्रकाशक/प्रधानसम्पादक/अध्यक्ष

अनलाईन पत्रिका डटकम तथा अनलाईन पत्रिका साप्ताहिक

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .