काठमाडौँ । दुईवर्ष लगाएर तयार पारिएको राजनीतिक विषयवस्तुमा आधारित चलचित्र दासढुंगाको प्रिमियर शो कुमारी हलमा भयो । सो चलचित्र हेर्नेका लागि हलमा नेताका लश्कर दर्शक बनेर पुगिरहेका छन् । उक्त फिल्म एमाले माओवादी कांग्रेस र अन्य दलका नेताहरुले समेत नजर गरिसकेका छन् ।
१७ गतेको शो पछि १८ गतेदेखि उपत्यकाका सबै हलहरुबाट चलचित्र रिलिज भईसकेको छ । वि.सं ०५० साल जेठ ३ गते पोखराबाट नारायणघाट तर्फ जाँदै गरेको जीप त्रिशुलीमा खस्दा एमालेका तत्कालिन महासचिब मदन भण्डारीका र संगठन विभाग प्रमुख जीवराज आश्रितका मृत्यु भएको थियो । चलचित्रको यहीँनेरबाट शुरुवात भई मदन भण्डारीका ड्राइभर अमर लामाको हत्यामा आएर टुंगिएको छ । तर चलचित्रमा त्रिशुलीमा गाडी झरेको दृश्यचाहिँ देखाईएको छैन । यसको कारण के हो भने नेपाली चलचित्रले अहिलेसम्म यस्तो जोखिमपूर्ण सुटिङमा दक्षता पाइसकेको छैन ।
यसअघि नै दासढुंगा सार्वजनिक हुन लागेको भए पनि सेन्सरबोर्डले चलचित्रको केही पक्षमा आपत्ति जनाएपछि यसको केही दृश्य हटाएर प्रदर्शनममा ल्याउन लागिएको हो । विशेषगरी महाकाली सन्धि गलत थियो भन्ने सन्देश जानेखालका दृश्यलाई सेन्सर बोर्डले कोटेको छ भने अमर लामालाई वयान लिने क्रममा हत्यारा को हो भनेर सोधिएको प्रश्नमा उनले माधव नेपाल र केपी ओलीलाई सोध्नु भनेको एउटा संवादलाई समेत हटाइएको छ । चलचित्रका निर्देशक मनोज पण्डित आफ्नो चलचित्र बजारमा आउन लाग्दा चिन्तित बनेका छन् ।
पण्डितको चिन्ता केमा देखिएको छ भने दासढ्रुगा चलचित्रको उद्देश्य मदन भण्डारीका हत्यारा कोहुन् भनेर पत्ता लगाउनु थिएन र होइन पनि । उनका अनुसार चलचित्रका आफ्नै विशेषता र सीमाहरु हुन्छन् । फिल्मकर्मीले हत्यारा को हो भन्दैन । यसरी व्यक्ति विशेषलाई तोक्ने सामथ्र्य अधिकार र परिधि चलचित्रकर्मीसित हुँदैन यो त राज्यले वा कुनै आयोगले खोज्ने कुरा हो । पण्डित भन्छन् दासढुंगाको उद्देश्य त इतिहासलाई सम्झाउनु र देशका एक होनहार नेतालाई हामीले कसरी गुमाएका थियौं भनेर अर्काइभमा हेर्नु मात्रै हो । दासढुंगा चलचित्रले अपराधीको किटान गरेको छ वा यसको उद्देश्य अपराधी पत्ता लगाउनु हो भन्ने भ्रामक प्रचार फैलिएको तर चलचित्र हेरेपछि सबैको भ्रम समाप्त हुने पण्डित बताउँछन् । यो चलचित्र बौद्धिक समुदायलाई लक्षित गरेर बनाइएको उनको कथन छ ।
चलचित्रमा जननेता मदन भण्डारीको भूमिका उनका आफ्नै भाइ मोहन भण्डारीले खेलेका छन् भने अमर लामाको भूमिका दयाहाङ राईले निभाएका छन् ।दयाहाङ तिनै कलाकार हुन् । जसले राष्ट्रिय नाचघर जमलमा आयोजित चरणदास चोर नाटकमा मुख्य भूमिका खेलेका थिए । त्यसैगरी जीवराज आश्रितको भूमिका खेल्ने नेपालगाजका रामकृष्ण न्यौपाने वामदेव गौतमलाई पार्टी सदस्यता दिने व्यक्ति हुन् ।
कलाकार अनुप बरालले अनुसन्धानकर्ताको भूमिका खेलेका छन् भने सौगात मल्लको भूमिका स्केच फोबियाका रुपमा रहेको छ । यो।चरित्रलाइृ नेपाली चलचित्रमा एउटा नूतन प्रयोग मान्न सकिन्छ । दासढुंगामा किन नाम चलेका हिरोहरुलाई नल्याएर अन्यलाई रोजियो त भन्ने प्रश्न गर्दा पण्डित भन्छन् हामी कहाँ स्टारहरु धेरै छन् तर कलाकार कम छन् ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this