
काठमाडौँ । इ एस क्रिएशनले विशेषतः कलेजका युवतीहरुलाई सहभागी गराउने गरी ‘मिस ग्लोबल २०१०’ को आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागी फाइनलमा भिड्ने ३० जना १६ वर्षदेखि २४ वर्षसम्मका देशभरका युवतीहरुलाई शनिवार अडिसनमार्फत छानिएका छन । सौन्दर्य प्रतियोगिताहरुको भिडमा
छनौटमा परेका ३० जना युवतीलाई ग्रुमिङ, व्यक्तित्व विकास, अपराध, सामाजिक कार्यलगायत आईटी सम्बन्धी तालिम आ-आफ्नो क्षेत्रका विज्ञ हस्तिहरुमार्फत गरिने आयोजक इ.एस क्रिएशनका सुदिप सत्यालले बताउनुभयो । आगामी असोज १८ गते काठमाडौँको राष्ट्रिय नाचघरमा फाइनल प्रतिष्पर्धा गराइने “मिस ग्लोबल २०१०”को कोरियोग्राफी अश्विनि झाले गर्दैछन् ।
निर्णायकहरु पत्रकार तारा चाम्लिङ, फोटोग्राफर कमल श्रेष्ठ, कोरियोग्राफर अश्विनी झा र चर्चित गायिका रेश्मा सुनुवारले अडिसनमा आएका ६५ जना युवतिहरुमध्ये ३० जनालाई उनीहरुको प्रतिभा, सुन्दरता र वौधिकताको आधारमा छनोट गरेका थिए ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this