Banner

सुबिन श्रेष्ठ, २४ भदौ, ललितपुर । साँझ ढल्ने क्रमसँगै ललितपुरका गछेँ टोलवासी बाहिरिए । एउटा ऐतिहासिक पर्वका लागि सहभागी भएझै सबै हँसिला र आगन्तुक जतिलाई टिकाले स्वागत गर्ने व्यस्त देखिए । गछेँ टोलवासीको यस्तो उपस्थितीको रौनकता झीः मुना पुचः को रजत महोत्सवले जुराएको हो । महोत्सवको आकर्षणका रुपमा सजाइएको स्टेज स्टेजमा मकैं र लसुनका बालाले परम्परागत दृश्यको अनुभुति मिल्थ्यो । महोत्सवमा नामसंगीति लोकेश्वरी, मजुश्री व्याली, बाँसुरी धुनसँग नसर्िङ नृत्य, धिमे नृत्य, क्यासिकल नृत्य र धिमय् नृत्यहरु संयोजनले थप आकर्षण बनेको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथि रहनुभएका ज्यापु समाजका अध्यक्ष रामकाजी अवालेलगायत किसलाल महर्जन, कान्छा डंगोल, चन्द्रलाल महर्जन, भिमलाल र सुरोज महर्जनलाईसमेत अभिनन्दन गरिएको थियो । सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको रजत महोत्सवमा टोलवासीहरु घरका छत-छतमा रसडकमा समेत भरिभराऊ देखिए । कार्यक्रमलाई प्रत्यक्षरुपमा दुईवटा ठूला स्क्रिनमा देखाइएको थियो । लाईभ म्युजिकको मजामा युवायुवतीको उपस्थिती उल्लेखनीय थियो । सांस्कृतिक ऐतिहासिक र परम्परागत नृत्य शैलीहरुको प्रस्तुतीसँगै महोत्सव मनाइएको पुचःका अध्यक्ष तथा समारोहका संयोजक रवि महर्जनले बताए ।

यता समितिका सल्लाहकार परिषद्का तीर्थलाल महर्जनले महोत्सवले परम्परालाई जीवन्त बनाउन प्रयास गरिएको अनलाईन पत्रिकालाई बताए । कार्यक्रमका कार्तिक डबलीमा देखाईने नसर्िङ नाचलाई धेरै दर्शकले मनपराए । कार्यक्रमको अवधिभर हाकुपटासीमा सजिएका महिलाहरु र समितिका उपसमितिहरुले कार्यक्रमलाई पुर्णतः सफल बनाउन खटिएका थिए । महोत्सवमा माओवादी सभासद् राजकाजी महर्जन, कांग्रेसी सभासद् रामकृष्ण चित्रकारलगायत संघसंस्थाका प्रमुख र प्रतिनिधिलगायत वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको झण्डै डेढ घण्टा कुटुम्बले आफ्नो प्रस्तुतीले सबैका मन जितेका थिए  । ४ घण्टा चलेको कार्यक्रममा न्होयो िसंहले उद्धघोषिकाको भूमिका निभाईन् । तस्बीर : सानु महर्जन

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु