ललितपुर । ललितपुरको उग्रचण्डीमा भोज हुनु नौलौ होइन तर नेवारी पहिरनमा सजिएर एक हुल नेवारी खानामा मस्त थिए भने छेउमा युवाका केही जमात बाजामा व्यस्त देखिएका थिए । यत्तिकैमा नेवारी पहिरनको हाकुपटासीमा सजिएर निस्किए नायिका मेलिना मानन्धर । बल्ल थाहा लाग्यो मन्दिरमा नेवारी पहिरन खाना र हुलमुलको जमात शुटिङको रहेछ । फेरि यत्ति दुखमा भइरहेको शुटिङ पनि कुनै फिल्मको थिएन वाईवाई चाउचाउको समावेशी विज्ञापनमा आधारित बनिरहेको थियो ।
देशमा समावेशी नाराको आवाज उठिरहेका बेला चौधरी गु्रपको उत्पादन बजारमा बिकाउन समेत यो समावेशी शुटिङले मद्दत गर्नेछ । शुटिङमा ब्यस्त भइरहेका एक पात्रले जानकारी गराए । यो नेवारी प्रस्तुतीको छायाकंन भने अन्तिम हो । शुटिङ युनिटले जानकारी गराए । वाईवाईको उक्त विज्ञापनमा नायिकाले नेवारी खाजा थप्दै गर्दा भोज खाइरहेका एक पात्रले औलाले अर्कातिर देखाउन्छ त्यो निर्देशबाट फर्किएकी मेलिना सो स्थल पुगेपछि बालबालिकाका जमात चाउचाउको भोज खाइरहेको प्रस्तुति विज्ञापनमा समेटिएको छ । सो सुटिङका युनिटले बताएनुसार यसभन्दा अघि समावेशी जातजातिमा बाईवाईका समावेशी दृश्य छायाकंन भइसकेका छन् ।
जसमा सौराहामा थारु विरगंजमा भोजपुरी जनकपुरमा मैथैली ईलाममा राई पोखरामा गुरुङ नमोबुद्धमा तामाङ र दशरथ रंगशालामा नेपालीहरुको सामुहिक दृश्य छायाकंन भइसकेका छन् । शुटिङ अवधिभर मेलिनाले लगाएको हाकुपटासी पहिरनमा तजिलजी थ हँ थगु है भन्ने बोलमा कला प्रदर्शन गरेकी थिईन् ।
(तस्बीर पनि) / साथमा पूजन महर्जन

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this