ललितपुर । सेतो सर्ट र रातो टाई लगाएका भुवन केसी हतारिएर कोठामा पसे । सेफ खोले । एक्कासी आक्रोसित स्वरमा 'खै त मेरो औठी सिक्री ?' भन्दै चिच्याए । त्यतिकै दृश्य नियालिरहेका निर्देशक शिव रेग्मी बोले ।
कट…अनि परर् ताली बज्यो बरिपरि । काजोल फिल्मस्को व्यानरमा शिव रेग्मीको निर्देशनमा बन्दै गरेको भुवन केसीद्धारा निर्माणाधीन चलचित्र 'साथी म तिम्रो' को सुटिङस्थलमा तालीको गुाजायमान नसकिँदै सुस्मिता केसी आइपुगिन् क्याटबरि बोक्दै । अनि भुवन केसीलाई दिँदैं भनिन् थ्याङ्क्स भुवन बाबा हजुरले धेरै राम्रो एक्टिङ गरिस्यो लौ यो क्याटबरि उपहार । भुवनसँथ अझ नजिकिँदै सुस्मिताले भनिन् अझै राम्रो गरिस्यो भने अझ ठूलो क्याटबरि दिन्छु म । भुवन पनि रमाउँदै भने थ्याङ्क्स सुस्मिता ममी । यसरी नै अर्का चरणको सटमा उत्रिएका सुनिलदत्त पाण्डे, ऋचा घिमिरे र ४ बर्षीय शीर्षक सापकोटाले पनि चकलेट पाए । उनी फिल्मका संगीतकार चेतन सापकोटा का छोरा हुन ।
यता चकलेटसँगै चलेको सुटिङमा नियालिरहेका भुवनका छोरा आकारपनि दंग देखिन्थे । अभिनयरत कलाकारहरुले राम्रो अभिनय गरेको भन्दै चकलेट पाएका भने होइनन् । भुवनका छोरा आकारको अभिनयप्रतिको आत्मविश्वास र चलचित्रप्रति लगाव बढोस् भनेर क्याटवरिका पारखी छोरा आकारको मन बसाउन भुवनले क्याटबरिको माहौल ल्याएका हुन् ।
नेपाली चलचित्रमा सदाबहार नायक भुवन केसी यतिखेर आफ्नै सुटिङबाट छोरालाई उत्तराधिकारी बनाउन फिल्म सिकाउन पनि व्यस्त छन् । भुवनको यो लगाव र मायाले छोरा आकारले अभिनयमा कस्तो फड्को मार्ने हुन् त्यो भने भोलीका दिनमा हेर्न बाँकी नै छ ।
अशॊक दुलाल
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this