काठमाडौं । धरान सरोकार समाज काठमाडौंको आयोजनामा यही बैशाख ३१ गते प्रज्ञा भवनमा हुने भनिएको साङ्गीतिक कार्यक्रम दिप श्रेष्ठ साँझ २०६७ एनेकपा माओवादीले आयोजना गरेको ६ दिन लामो बन्दका कारण एक महिनापछि सरेको छ । समाजका अध्यक्ष प्रभु श्रेष्ठका अनुसार बन्द र हडतालका कारण कार्यक्रमको पूर्व तयारी गर्न कठिनाई परेकोले अन्तिम समयमा आएर सार्नु परेको हो ।
समाजले दिएको जानकारी अनुसार अब यो कार्यक्रम आगामी २०६७ असार ६ गते आइतबारसाँझ ५ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । धरानको खानेपानी समस्या समाधानार्थ प्रचार तथा सहयोग जुटाउने उद्देश्यले गर्न लागिएको कार्यक्रमको केहि टिक बिक्री भइसकेको भएपनि सार्नुपर्दा दर्शक तथा शुभचिन्तकहरुमा पर्न गएको असुविधा प्रति समाजले एक प्रस विज्ञप्ती जारी गर्दै क्षमा मागेको छ । गायक दिप श्रेष्ठले प्रज्ञा भवनको हल पाउन कठिनाइ भएकोले एक महिना पछिको मिती तय गरिएको बताए । यसअघि विशुद्ध सामाज सेवाकै लागि राजधानीमा चार पटक एकल साङ्गीतक कार्यक्रम गरिसकेका गायक दिप श्रेष्ठको यो पाँचौ कार्यक्रम हो ।
यसअघि एचआईभी एड्स क्यान्सर रिलीफ फण्ड ग्यालरी नाइन र बाल साहित्य प्रर्वद्धनका लागी गाएका उनी यस पटक भने ३० वर्ष अघि छाडेको आपुनै जन्मथलो धरानमा खानेपानी समस्या हटाउन प्रस्तुत हुदैछन् । उनी भन्छन् वेहद आत्मासन्तुष्टि दिने यस्ता समाजिक कार्यक्रमलाई निरन्तरता दिनेछु । दिपको कार्यक्रबाट धरानको खानेपानी समस्या तत्कालै समाधान नहुनेभएपनि उनीजस्ता कलाकारले अभियानलाई सघाउँदा सरकारको ध्यानाकर्षण हुने धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठको विश्वास छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this