Banner

काठमाडौ - गायक अम्बर गुरुङले आफ्ना कालजयी गीत चीनको राजधानीका नेपाली-चिनियाँ श्रोतासामु प्रस्तुत गर्ने भएका छन् । बेइजिङस्थित नेपाली दूतावासले नेपालयको यो अम्बर पलेंटी-यात्रालाई लैजाने भएको हो । बेइजिङतर्फ लाग्ने सांगीतिक टोलीले जेठ २८ र असार १ गते दुई कन्सर्ट गर्नेछ ।

'मलाई विश्वास छ, सिर्जनात्मक संगीतको उन्नतिका लागि चिनियाँ र नेपाली संगीतज्ञहरूले मिलेर काम गर्न सकिन्छ', चीन-यात्राबारे संगीतज्ञ गुरुङले भने । नेपाली आधुनिक संगीतका प्रणेतामध्ये मानिने गुरुङ वर्तमान नेपालको राष्ट्रगानको संगीतकारका रूपमा पनि सुपरिचित छन् । हाल उनी नवगठित संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति हुन् ।

कार्यक्रम बेइजिङको चाइना नेसनल अर्केस्ट्रा कन्सर्ट हल र किङ्स गार्डन भिल्लामा हुने भएको छ । टोलीमा नेपालयका प्रबन्धक किरणकृष्ण श्रेष्ठ, पलेंटीका संयोजक आभाससहित १३ सदस्य रहनेछन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »