Banner

काठमाडौं । धरान सरोकार समाज काठमाडौंको आयोजनामा आज प्रज्ञा भवन कमलादीमा साङ्गीतिक कार्यक्रम दिप श्रेष्ठ साँझ २०६७ गर्ने भएको छ । धरानको खानेपानी समस्या समाधानार्थ प्रचार तथा सहयोग जुटाउने उद्देश्यले गर्न लागिएको कार्यक्रमको अन्तिम तयारी भइरहेको समाजका सचिव सरोज खनालले बताए । खनालका अनुसार गत बैशाख ३१ गते गर्ने भनिएको कार्यक्रम एमाओवादीको आम हडतालका कारण स्थगीत भएको थियो ।

यसअघि विशुद्ध सामाज सेवाकै लागि राजधानीमा चार पटक एकल साङ्गीतक कार्यक्रम गरिसकेका गायक दिप श्रेष्ठको यो पाँचौ कार्यक्रम हो । यसअघि एचआईभी एड्स क्यान्सर रिलीफ फण्ड ग्यालरी नाइन र बाल साहित्य प्रर्वद्धनका लागी गाएका उनी यस पटक भने ३० वर्ष अघि छाडेको आपुनै जन्मथलो धरानमा खानेपानी समस्या हटाउन प्रस्तुत हुदैछन् । उनी भन्छन् वेहद आत्मसन्तुष्टि दिने यस्ता समाजिक कार्यक्रमलाई निरन्तरता दिनेछु ।

दिपको कार्यक्रबाट धरानको खानेपानी समस्या तत्कालै समाधान नहुनेभएपनि उनीजस्ता कलाकारले अभियानलाई सघाउँदा सरकारको ध्यानाकर्षण हुने धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठको विश्वास छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »