काठमाडौँ । बलिउडकी चर्चित नायिका मनिषा कोइरालाको विवाहको लागि भव्य तयारी भइरहेको छ । उनको स्वयम्वर शुक्रबार हुने जनाइको छ भने विवाह आउदो शनिबार हुने कार्यक्रम रहेको छ । नायिका मनिषा कोइरालाको वैवाहिक समारोहमा भाग लिनका लागि बलिउडका चर्चित कलाकारहरु काठमाडौँमा आउने भएका छन् ।
विवाह समारोहमा भागलिनका लागि वलिउडका चर्चित कलाकार जैकी श्राफ, गोबिन्दा, उनकी पत्नी सुनिता, दीप्ति नवललगायतका कलाकारहरु शुक्रबार नेपाल आउने भएका छन् । त्यसैगरी मनिषाको विवाह समरोहमा भागलिनका लागि बलिउडकी चर्चित नायिका रानी मुखर्जी, उर्मिला मातोडकर, तब्बु, पुजा भट्ट, नायक शाहिद कपुर, निर्देशक बिक्रम चोपडा लगायतका कलाकारहरु आउने जनाइएको छ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this