Banner

विदुर गिरी । चर्चित पप गायक नविन के भट्टराईले खुसुक्क बिहे गरेका छन् । गायक भट्टराईले दुइ वर्षगाडि पोखरामा कर्न्र्सट गर्न गएका बेला फयानका रूपमा उनीसामु परिचय गर्न आएकी नविना राजभण्डारीसँग काठमाडौंको डिल्लीबजारस्थित आफनै निवासमा सामान्य विधि पूरा गरी नविनालाई जीवनसंगिनी बनाएका हुन् ।

एक पण्डित र परिवारका मुख्य-मुख्य सदस्य, नजिकका आफन्त र इष्टमित्र अनि अत्यन्तै नजिकका दश जनाजति साथीभाइका बीच उनले आफनो घरको कोठामा नविनालाई सिन्दुर पोते लगाई बिहे गरेका हुन् । बिहेका लागि जग्गे नगाडी पण्डितको पाठ र मन्त्र उच्चारणलगायतका खास-खास विधि पूरा गरिएको थियो ।

नविन र नविनाबीच फोनमा लगातार कुराकानी भइरहने गरेको भए पनि उनीहरूको भेट भने थोरैपटक मात्र भएको थियो । बिहेअगाडि उनीहरूको भेट केवल तीन पटक मात्र भएको थियो । नविना कलेज अध्ययनरत विद्यार्थी हुन् ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »