Banner

ललितपुर । बौद्ध कथाको चर्चित जातक कथामा बनेको नेवारी फिल्म 'पटाचारा' नेपाली भाषामा प्रदर्सनमा ल्याएको छ । राजधानीको ग्वार्कोस्थित गुण सिनेमा हलमा नेपालभाषाको प्रदर्शनबाट ५१ दिन मनाएपछि नेपाली भाषामा प्रदर्शन गरिएको हो । पटाचारा बुद्धजयन्तीको अवसर पारेर ललितपुरको गुण सिनेमा भवनबाट सार्वजनिक भएको हो ।

गुण फिल्मसको दोश्रो भेट, गुण सिनेमाको प्रस्तुति पटाचारा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन । चलचित्र 'पटाचारा' लोकप्रिय बौद्ध कथामा आधारित छ ।

सम्पूर्ण आम्दानी बौद्ध विहारहरु र बुद्ध धर्मकै प्रवर्द्धनका लागि खर्च गरिने बताइएको पटाचारामा मेलिना मानन्धर, कर्मा शाक्य, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, अन्नपूर्णेश्वरी श्रेष्ठ, वत्स शाक्यआदि कलाकारले पनि अभिनय गरेका छन् । फिल्मको लेखन पनि निर्देशक रामकृष्ण स्वयंले गरेका छन् भने छायांकार रवि सायमी हुन । डिजिटल प्रविधिमा बनेको यो फिल्ममा रामकृष्ण खड्गी, रामकृष्ण दुवाल तथा नगेन्द्र राजोपाध्यायको संगीत दिएका हुन ।

कथा यस्तो छ

एउटा किसान परिवारकी रूपवती छोरीको एक जना सुन्दर युवकसग प्रेम हुन्छ । परिवारका सदस्यले विवाह गर्ने अनुमति नदिएपछि उनी प्रेमीसग भाग्छिन् र एउटा सन्तानकी आमा बन्छिन्, तर समय उनको विरुद्धमा बग्छ । श्रीमान् र बच्चासागको उनको सुखमय दाम्पत्यमा तुषारापात हुन्छ । अनायासै परेको पीडाले उनी विक्षिप्त हुन्छिन् ।

चेतना हराएपछि नांगिएर हिंड्छिन् । समाजले उनलाई बौलाही भनेर छिःछिः र दुरदुर गर्छन् । उनी अझ विक्षिप्त हुँदै जान्छिन् । अन्त्यमा उनको भेट भगवान् गौतम बुद्धसग हुन्छ । बुद्धको उपदेश सुनेपछि उनले जीवन दर्शन बुझ्छिन् र भगवान्की अनुयायी भएर उनको शरणमा पर्छिन् ।

पटाचाराको थप बिशेष लेख अनलाईन पत्रिका साप्ताहिकमा ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »