Banner

प्रवास

दोहा मंसिर २१ । वैदेशिक रोजगारीको सिलसिलामा दोहामा विगत २० महिनादेखि कार्यरत प्युठान भिमग्री १ का ३३ बर्षे यम वहादुर घर्ति मगरको गत शनिवार विहान हृदयघातवाट असामायिक निधन भएको छ ।

दोहा, मंसिर २१ । नेपाली दुतावासको शरणमा रहेका ४ जना चेलीलाई यसै साता उद्दार गरी मुलुक फर्काइएको छ । साँखुपाटीचोक–७ पनौती काभ्रेकी अरुणा श्रेष्ठलाई ट्रस्ट मेनवावर सप्लाई कम्पनीका महाप्रवन्धक हतिम ताबुले टिकट उपलब्ध गराएपछि मुलुक फर्केकी हुन् । राजदुतलाई भेट्न आएका ताबुले उनको दुरावस्था सुनेपछि टिकट सहयोग गरेका थिए । उनले दुतावासको आश्रयमा रहेका ४ नेपाली चेलीलाई १–१ सय रियालका दरले खानपिनका लागि आर्थिक सहयोग पनि गरे ।

२२ भदौ, काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीको छाता संगठन विश्वव्यापी नेपाली विद्यार्थी संगठन यादव भट्टराईको अध्यक्षतामा पुर्नगठन भएको छ । सन् २००० मा पढ्ने क्रममा बेलायत पुगेका नेपाली विद्यार्थीहरुको पहलमा स्थापित यस संगठनको विश्वभर २० देशमा च्याप्टहरु छन् । गठिन २९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष महासचिव सचिव र कोषाध्यक्षमा क्रमशः दिपेश दुलाल राजेश पाठक, प्रज्वल बराल र यशोदा अर्याल निर्वाचित भएका छन् । सदस्यहरुमा दिव्यस गिरी, हेमपाल श्रेष्ठ, प्रदीप बस्याल र गोविन्द उपाध्याय छन् भने सम्पूर्ण २० देशका संयोजकहरु पदेन सदस्य रहने व्यवस्था छ । च्याप्टरहरु  अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेल्जियम, भारत, चीन, पाकिस्तान, जर्मनीलगायतका  देशमा छन् ।

दोहा । कतारमा नेपालीहरुको मुस्लिमहरुको महान पर्व रमदानको अवसर इफ्तार कार्यक्रम सम्पन्न भयो । नेपाली मुस्लिम सेवा समाजको अगुवाईमा बृहत इफ्तार कार्यक्रम भएको हो । कतारको बहु चर्चित सामाजिक संस्था 'राफ' को सहयोग तथा कतारको गृह मन्त्रालयको तत्वधानमा सम्पन्न उक्त कार्यक्रम नेपाली मुस्लिम तथा गैर मुस्लिमहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रवि रोषी दोहा ।  महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा विशेष तीजी गीत तथा दर खाने कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक मच आयोजक तथा प्रनेश बचत सहकारी संस्था लि प्रायोजक रहेको सो कार्यक्रमको सांगीतिक विशेष कार्यक्रम दोहाको सिटी प्लाजा होटलमा हुने भएको छ ।

रवि रोषी, दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नरेन्द्र भाटले गल्फ संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन एनसीसी कतारको अध्यक्ष पदमा दुई बर्ष बहाल रहँदा कतार तथा खाडी मुलूकका समस्याहरु यूरोप संघीय एनआरएनको समस्या भन्दा जटिल र फरक रहेको र सो को बारेमा आफुले नजिकबाट अनुभव बटुलेको बताए ।

दोहा- फेरि एकजना बंगलादेशी नागरिक नेपाली पासपोर्टमा कतार पठाइएका छन् । यसरी नेपाली बनेर आएका उनी बंगलादेशस्थित बोरिस्याल कोतलियाका सुदु सोयल बाबा हुन् । इलाम चिसापानीका वीरबहादुर तामाङ्गको पासपोर्ट प्रयोग गरी गत २३ फेबु्अरीमा यहाँ आएको उनले बताए । बंगलादेश कुतियाबारीका सफिक मास्टर नामक एजेन्टले उनलाई झुक्याएर यसरी पठाएका रहेछन् । दलालको निकै ठुलो जालझेलमा आफु फसेको उनले बताएका छन् ।

काठमाडौं । महाभूकम्प र सुनामी पिडित नेपाली तथा जापानीहरुलाई सहयोगलागि जापानवासी नेपालीहरुले एक आर्थिक सहयोग समिति गठन गरेको छ । जापानमा रहँदै आएका नेपाली व्यवसायी सुनिलकुमार शाक्यले अनलाईन पत्रिकासँग कुरा गर्दै सो जानकारी दिनुभएको हो । समितिका संयोजक अनिल कुमार शाक्यले सो समितिमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरु रहेको बताउनुभयो ।

ब्रुनाई । २०६७ किरात उधौली चाड चासोक तङनाम साकेला चोसोवा फोलष्यादर ब्रुनाई सेरियाको इतिहासमै पहिलो पटक भब्यता पूर्वक सम्पन्न भयो ।

योगेन्द्रमिलन छन्त्याल, जर्मनी । यहाँ सम्पन्न साँस्कृतिक कार्यक्रममा कलाकार इन्डियन आइडल - ३ प्रशान्त तामाङ, १९७४ एडि व्याण्डका लीड भोकलिष्ट आड्रियन प्रधान र गायिका पेम्बा छोटी शेर्पाले प्रस्तुति देखाए । काठमाण्डौको गोकर्णमा स्थापना गर्न लागिएको अपाङ्ग पुनर्स्थापना केन्द्रको सहयोगार्थ सञ्चालित यूरो टुर २०१० अन्तर्गत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »