योगेन्द्रमिलन छन्त्याल, जर्मनी । दमक नगरपालिका १० का ढाकेश्वर बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी आइपुग्नुभएको छ । ५४ वर्षीय बुढाथोकी नेपालका २२ वटा जिल्लाहरु र जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायल लगायतका ३१ देशको यात्रा गर्दै यहाँ आइपुग्नुभएको हो ।
जर्मनी उहाँको ३२ औं देश भएको छ । ३ महिने प्रवेशाज्ञामा बुढाथोकी डेनमार्क, नर्वे, स्वीडेन र नेदरल्याण्डको यात्रा गर्नुहुँदैछ । विश्व शान्ति र वन्धुत्वका लागि सन्देश दिन ५ वर्ष ६ महिना पहिलेबाट यात्रा थाल्नुभएका बुढाथोकीले यात्राको कीर्तिमानसहित नेपाली राजनीतिज्ञहरुलाई विश्व शान्ति र वन्धुत्वको सन्देश दिन चाहनुभएको छ ।
उहाँको यात्राका लागि नेपाली संघसंस्था र व्यक्तिगत सहयोगहरु निरन्तर पाइरहेकोमा खुशी हुनुहुन्छ बुढाथोकी । गोर्खा ब्रिटिश क्याम्पले १ हजार डलर र खड्क बहादुर कार्की मोरङ हाल इजरायलले ३ सय डलर सहयोग गर्नुभएको छ । नेपाली ढाका टोपीमा देखिनुहुने बुढाथोकीले साइकलमा नेपालको राष्ट्रिय ध्वजा फहराउदै सन् २०१३ सम्मको ९ वर्षे विश्व यात्रा तय गर्नुभएको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this