कतार । नेपाली लोकतान्त्रिक मचको आयोजनामा ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ । अनेकतामा एकता नेपालीको विषेशता भन्ने मुल नारामा इस्लाम धर्मालम्वीको पवित्र पर्व रमजानको अवसरमा 'ईप्तार' आयोजना गरेको हो ।
मचका केन्द्रीय अध्यक्ष रामहरी गैहे्को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अतिथि नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का विषेश अतिथिहरुमा लोकतान्त्रिक मचका संगठन सचिव छविलाल विक त्यसैगरी रमजानको अवसमा कतार गेष्ट सेन्टर तथा शेख इद च्यारिटी फाउन्डेशनको निमन्त्रणमा कतार आउनु भएका इस्लामिक गुरु अव्दुल्लाह अव्दुल तव्वाब अल मदनीलगायत अन्य वरिष्ठ धर्मगुरुहरुको विषेश अतिथ्य नेपाल लोकतान्त्रिकका संस्थापक अध्यक्ष कमलमणि गुरागाईँ, संगठन उप-सचिव चाणक पोखे्रल, गैह्र आवसीय नेपाली संघका कतार प्रतिनिधि टेकवहादुर कार्की, प्रवासी मुस्लिम समाज कतारका अध्यक्ष मकसुद आलम समाजसेवी तथा अरवी साहित्यकार रमजान अलि मियाँ, कपिलवस्तु मुस्लिम समाजका अध्यक्ष मोहम्द मुकिम मुसलमान लगायत विभिन्न जिल्लाका मुस्लिम समुदायको उपस्थित रहेको थियो ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this