Banner

राजेश्वर ढकाल, दोहा । नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोती जयन्ती समारोह सम्पन्न गरेको छ । "भाषाको उत्थान नेपालीको पहिचान,सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान" भन्ने मुलनाराका साथ स्थापित पुस्तकालयले आयोजना गरेको कार्यक्रममा श्रष्ट्राहरु कविता वाचन गरेका थिए ।

 

मोतिराम भट्टको तस्वीरमा माल्यणपर्ण संस्थाका प्रमुख सल्लाहकार भोजराज दाहाल क्याकट्सले गरे । राष्ट्रियगान र एक मिनेट शहिदहरु प्रति मौनधारण गरिएको कार्यक्रममा कार्यसमितीका सदस्यहरुले सामुहिक रुपमा गजल प्रस्तुतगरि स्वागत गरेका थिए । 'आमा भन्छिन फर्क बाबु अति भयो अत्याचार, बाबा रुदै भन्नुहुन्छ फेरी उठाऊ हतियार' लक्ष्मण संकल्पका यिनै गजलका शेरहरुबाट सुरुभएको गजलनबाचनमा भिमसेन खतिवडा,अविरल यात्री,यज्ञ खड्का गम्भीर ,जगत राम वर्देवा घायल,दिलिप अविरल,खेमराज भुक्तमालाली,युग योगि राई,रमेश आले मगर,वविन वियोगी,युवराज धिमीरे प्रीत ,पवन निश्चल राई लगायत दुई दर्जन श्रष्ठाहरुले गजल वाचन गरेका थिए ।

हिरा उदासी र निराजन लुइटेलले मोतिराम भट्टको जिवनीको बारे संस्थाका सदस्य इन्द्रमणि नेपालले चर्चा गरे भने गजल सम्बन्धि जानकारी राजकुमार पुत्ला र विक्रम चेतनशिल राईले प्रस्तुत गरेका थिए । बक्ताहरु एनआरएनका बरिष्ठ उपाध्यक्ष अजिजु रहिमान शेख,गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई,संध्या ग्रुप अखोरका अध्यक्षँ विरेन्द्र कुमार यक्थुम्वा ,नपाली प्रवासी आदिवासी जनजाति महासंघका महासचिव विनेश तामाङ,नेपाली जनप्रगतिशिल मंचका क.अध्यक्ष शुशिल खड्का, किरात राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राइ, नवोदित साहित्यिक वाचनालयका अध्यक्ष नवराज विक थिए ।

नवोदित साहित्यिक मोवाइल पुस्तकालयका का.अध्यक्ष कृष्ण क्षितीज राईको सभापतित्व, भावनात्मक रुपमा मोतिराम भट्टलाई प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा,साहित्यकारहरु हेमन्त प्रदेशी, भुबन सुनुवार भानु, परिहाँस सुब्बा, एनआरएनए कतारका बरिष्ठ उपाध्यक्ष अजिजु रहिमान शेख,गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई, नपाली प्रवासी आदिवासी जनजाति महासंघका महासचिव विनेश तामाङ, नेपाली जनप्रगतिशिल मंचका क.अध्यक्ष शुशिल खड्का, किरात राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संस्थाका महासचिव तिर्थसंगम राई, संयोजक इश्वर दाहाल कविजी तथा चर्चित ढुङगेलले ले पालैपालो कार्यक्रमको संचानलन गरेका थिए । कार्यक्रममा नवोदित साहित्यिक मोवाइल पुस्तकालय संयोजक इश्वर दाहाल कविजीले गजल सम्बन्धी तयारी पारिएको आलेख उपस्थितहरुलाई वितरण गरिएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »