Banner

लण्डन । एन आर एन यूके कार्यसमितिको आपत्कालिन बैठक संस्थाका  अध्यक्ष कुल आचार्यको अध्यक्षतामा  सम्पन्न भयो । उपस्थित सबैलाई स्वागत गर्नु हुंदै राष्ट्रिय संयोजक रामशरण सिमखडाद्धारा बैठकको उद्देश्य र गर्नु पर्ने कार्यभारको बारेमा प्रकाश पार्दै संचालित उक्त बैठकले एन आर एन यूकेको नागरिकता बचाउ अभियान सम्बन्धमा अल्पकालिन र दिर्घकालिन  रणनैतिक कार्ययोजना तर्जुमा गर्दै सम्पन्न भएको छ ।

एन आर एन यूकेको नयां कार्य समिति निर्वाचित भए पश्चात गरेका कार्यहरु उपलब्धीमुलक र सम्बन्धित समुदाय प्रति परिलक्षीत भएको आगामी दिनमा समेत संस्थाको उदेश्य  र मार्ग दर्शनलाई आत्मसात गर्दै एन आर एन यूकेको एकता र पहिचानलाई चिर स्थायी राखी सृजनात्मक कार्यहरु गर्न प्रतिबद्ध रहेको समेत सबै सहभागीहरुबाट पुन एकपटक प्रतिबद्धता जाहेर गरियो । संस्थाले आफ्नो कार्ययोजना तयार गर्न आयोजित कार्यशाला, विद्यार्थीहरूको समसामयिक समस्याको बारेमा सम्पन्न अन्तरकृया, पत्रकार कल्याणकोषको स्थापना, माननिय शिक्षा मन्त्रीज्यूसंगको नागरिकता बचाउ आन्दोनबारेको अन्तरकृया, नेपालमा सामुहिक लागानीबारेको बृहद अन्तरकृया र उर्जा राज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय नेताद्धयसंगको समसामयिक अन्तरकृया, स्वर्गीय लक्ष्मी लामालाई सहयोग आदी उपलब्धिको रुपमा लिंदै आगामी दिनमा समेत रचनात्मक कार्य गरी सिङ्गो एन आर एन अभियानमा यूके को सबल र सक्षम पहिचान पुन प्रष्ट्याउन सर्बसम्मत रुपमा बैठकले जोड दियो । यसै क्रममा प्रकृयागत रुपमा कुनै पनि कमि-कमजोरी भएमा त्यसलाई न्यूनिकरण गर्दै संस्था पारदर्शीरुपमा अघी बढ्ने कुरामा बैठक सर्ब सम्मत रह्यो ।

एन आर एन अन्तराष्ट्रिय समितिको आह्वानमा यहि मिती २३ र २४ फेब्रुअरी २०१२ मा नागरिकता बचाउ बिषयमा संविधान सभाका बिषयगत समिति तथा सरकारसंग यस बिषयमा आवश्यक छलफल गर्न एनआरएन यूकेले आफ्नो स्तरबाट उक्त कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाइ उपलब्धी हाँसिल गर्न के गर्न सकिन्छ,  के कसरी कार्यदललाई उचित टेवा दिन सकिन्छ, कसरी उदेश्य हांसिल गर्न सकिन्छ यदी सुनुवाई नभए हाम्रो तर्फबाट के गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहि घनिभूत छलफल गरे पश्चात: तत्काललाई एनआरएन यूकेका अध्यक्ष कूल आचार्यको नेत्रित्वमा यूकेबाट सहभागी भै आवश्यक सम्पूर्ण सहयोग कार्यदललाई दिने र आशातित सफलता हांसिल नभएमा पून: युके स्थित संघ संस्थाका प्रतिनिधि,  स्थानीय राजनैतिक दलका नेता, भू पू गोर्खाहरू, कानूनविद लगायत सरोकारवालाहरुको सहभागीतामा निर्णायक आन्दोलनको लागी एन आर एन यूके अघि बढ्ने निर्णय समेत गर्‍यो।

उल्लेखित छलफलमा एनआरएन यूकेका सल्लाहाकार डा॰ राघव धितालले बिशेस रुपमा आफ्नो धारणा राखेका थिए भने सल्लाकार कर्ण शाही, पशुपती भण्डारी, दिनेश घिमिरे, बिनोद ज्ञवाली, अध्यक्ष कूल आचार्य, उपाध्यक्ष द्वय महेन्द्र  कंडेल, थर्क सेन, राष्ट्रिय संयोजक राम शरण सिमखडा, सचिव शुस्मा लिम्बू, कोसाध्यक्ष दिलराज गुरुङ, प्रबक्ता जिब बेल्बासे, सदस्य दासु पाण्डे, कृष्ण तिमिल्सिना, बिनोद कुमार न्यौपाने, बिजन भट्ट, ज्ञान शेरचन लगायतले आ-आफ्नो धारणा राखेका थिए।
बैठकले एनआरएन यूकेका राष्ट्रिय संयोजक राम शरण सिम्खडाद्वारा प्रस्तावित नारी दिवस मनाउने बिषयलाई एक श्वरले आगामी १८ मार्च २०१२ मा मनाउने गरि प्रस्ताब पारित गर्नुका साथै उक्त कार्यक्रमको संयोजनको लागी संस्थाका सदस्य एवम आइसिसीको लागी महिला प्रतिनिधी संगिता मरहठ्ठा र राष्ट्रिय सहसंयोजक शुष्मा लिम्बूलाई सह संयोजकमा मनोनयन गरि उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक सहयोग सचिवालय तथा कार्य समितिसंग लिई भब्यरुपमा सफल पार्न सम्पूर्ण अख्तियारी सहितको जिम्मेवारी दिने निर्णय गरियो ।

त्यसै गरि बैठकको तेस्रो निर्णयको रुपमा काउन्सिलको बैठक आगामी ०६ मे २०१२ मा लण्डनमा गर्ने निर्णय समेत सर्ब सम्मतले गर्‍यो । अन्तमा बैठक स्थान, हल साथै रात्रीभोजको प्रायोजन गर्नु भएकोमा एभरेष्ट ईनका निर्देशक तथा संस्थाका सल्लाहकार पशुपती भण्डारी साथै यादब भण्डारीलाई बैठक मार्फत सम्मानका साथै धन्यबाद ज्ञापन गर्दै अध्यक्षको अनुमतिले राष्ट्रिय संयोजकद्वारा बैठकको समापन गरिएको थियो।


जिब बेल्बासे / प्रबक्ता (एनआरएन युके)

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner

सम्बन्धित समाचारहरु

Banner

Advertisement

Banner

प्रतिकृयाहरु