Banner

कतार । कतारको ख्यातिप्राप्त सामाजिक संस्था राफ शेख थानी विन अव्दुल्लाह फाउण्डेशन ले एक कार्यक्रमको आयोजना गर्दे मुस्लिम वेलफेयर सोसाईटी नेपाल कतार च्याप्टरका महासचिव मौलाना मोहम्मद रमजान अलि मियाँलाई सम्मानपत्र प्रदान गरेको छ । मानव सेवाका लागि प्रदान गरिने सो सम्मानपत्र पाउने मोहम्मद रमजान पहिलो नेपाली नागरिक हुनुहुन्छ ।

१९ अक्टोबर कतारको राष्ट्रिय संग्रहालयमा भएको उक्त कार्यक्रममा मन्त्रीगण कतार प्रहरीका उच्च कर्मचारी समाजसेवीका साथै सम्बन्धित निकायका उच्च पदाधिकारीहरुको उपस्थिती भएको थियो । कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याए वापत रमजानलाई सो सम्मान प्रदान गरिएको राफले जनाएको छ ।

स्मरण रहोस्, यसअघि रमजानको अवसरमा राफले पहिलो पटक सम्पुर्ण नेपाली मुस्लिमहरु लगायत नेपाली सामाजिक संस्थाका प्रतिनिधी तथा नेपाली नियोगका राजदूत डा. सुर्यनाथ मिश्रलाई पनि आमन्त्रण गरि बृहत इफ्तार सहभोजको आयोजना गरिएको थियो । यसैबिच कतारको सामाजिक संस्था राफबाट मुस्लिम वेलफेयर सोसाईटी नेपाल कतार च्याप्टरका महासचिव मौलाना मोहम्मद रमजान अलि मियाँ सम्मानित हुनु भएकोमा वहाँलाई अनलाईन पत्रिका डट कम तथा अनलाईन पत्रिका साप्ताहिक परिवारका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »