Banner

एम.बि.साँवा लिम्बु, दोहा  । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त का दिन मनाउने भएको छ । गत २५ जुनमा बसेको संघिय परिषदको बैठकले सो निर्णय गरेको हो ।

कार्यक्रम सम्पन्न गर्नको लागि महासंघका अध्यक्ष अमृत गुरुङको संयोजकत्वमा संघिय परिषदका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु रहने गरि ूविश्व आदिवासी दिवस २०१० मूल समारोहू आयोजक समिति गठन गरिएको छ । सोहि दिनमा नै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको तेश्रो महाधिवेशन पनि सम्पन्न गरिने भएको छ ।

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले विभिन्न अवसरहरुमा आफ्नो जातिय पहिचान झल्काउदै समग्रमा नेपाल र नेपालीको परिचय दिने कार्यव्रुमलाई निरन्तरता दिँदै आई रहेको कुरा समेत अध्यक्ष गुरुङले बताउनुभयो । सोहि दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको तेश्रो महाधिवेशन समेत हुने भएकोले महसंघको नयाँ नेतृत्व चयन गरिने कुरा समेत अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो ।

महासंघमा आवद्ध प्रत्येक मातृसंस्थाहरुले पठाएका ३ जना महधिवेशन प्रतिनिधी र आयोजक समितीका पदाधिकारीहरु स्वत महधिवेशन प्रतिनिधी हुने व्यवस्था विधानमा भएकोले सोहि अनुरुप महासंघको आउने २ वर्षको लागि नयाँ नेतृत्व चयन गरिने कुरा समेत अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »