सागर श्रेष्ठ । साउदी अरबमा प्रवासिएका साहित्यप्रेमी नेपालीहरुले आदिकवि भानुभक्तको १९७ औ भानु जयन्ती मनाएको छ । यहाँको पुर्वीय प्रान्त दमाममा प्रवासी लुम्बीनी सम्पर्क माचले सो कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष खनालले दिप प्रज्वलन तथा भानुभक्तको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । उक्त अबसरमा मनोज विष्ट विरेन्द्र चौधरीलगायत अन्य ब्यक्तिहरुले भानुभक्तले साहित्य क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नु भएको थियो ।
मचको महासचिव प्रेम भन्डारीद्वारा साचालित कार्यक्रम अध्यक्ष नारायण खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मचका केन्द्रीय सदस्य सल्लाहकार साधारण सदस्यहरु साहित्य स्रष्टाहरु पत्रकार लेखकआदिको उपस्थिती थियो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this