पुरु जोशी, न्यूयोर्क । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार ४ वटा स्वर्ण पदक जितेर दक्षिण एसियामै किर्तिमानी कायम गर्न सफल तेक्वान्डो खेलाडी दीपक बिष्टलाई न्यूयोर्कका नेपालीहरुले सम्मान गरेका छन् ।
नेपालको राष्ट्रिय खेल प्रतियोगितामा कहिल्यै हार नभोगेका खेलाडी दीपक बिष्टको सम्मानमा समारोहमा खेलाडी बिष्टलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले न्यूयोर्कबासी नेपालीहरुको तर्फबाट
दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा न्यूयोर्कका नेपाली काँग्रेसका युबा नेता आनन्द बिष्टले आयोजकहरुका तर्फबाट पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो भने उहाँले न्यूयोर्कका नेपालीहरुद्वारा प्रदान गरिएको नगद सहयोग रकम दुई हजार पाँच सय एक डलरको चेकपनि खेलाडी बिष्टलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाली समाजका अगुवा डा. तारा निरौलाको सभापतित्व र कलाकार तथा सामाजिक अधिकारकर्मी शैलेश श्रेष्ठको उद्घोषणमा संचालित उक्त समारोहमा सभापति डा. निरौला र प्रमुख अतिथी महामहिम आचार्यका अलावा नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुले आ- आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
जसमा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, नेपाली जनसंपर्क समिती न्यूयोर्क संयोजक कृष्ण पोख्रेल, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब आदित्य महर्जन, रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली, डा. अंगराज तिमल्सिना र यो पंक्तिकार थियो।समारोहमा आयोजकका तर्फबाट आनन्द बिष्टले खेलाडी बिष्टको बारेमा प्रकाश पार्नुभएको थियो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this