Banner

पुरु जोशी, दक्षिण कोरिया, ८ साउन  । कोरियाको बिभिन्न सिटीहरुहरुमा राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको एस थापाले देखेका हुन । उनीहरुलाई त्यहाँ फेला पारेका थापाले उनीहरुको कार्ड हेर्न खोज्दा पहिले थापाको कार्ड देखाउनु अनि हाम्रो देखाउंछौ भन्न थाले ।

 

नेपाली चेलीहरु हिमालयन बालबालिकाका लागि युवा सेवा संघबाट माग्दै हिडेकी रहिछन् । ती चेलीहरु चाहिं Asia Volunteers Service Center (AVSC) बाट आएका रहेछन् । ग्वाङ्जु सिटीमा एकजना नेपाली माग्नेलाई त्यहाँका पुलिसले थुनेको थियो । होङ्गिक युनिभर्सिटीमा २ जना केटाहरुले माग्दै हिडेको फेला परेपछि तत्कालीन एन आर एन कोरियाका अध्यक्ष हालका
आईसीसी प्रतिनिधी गंगाराज राई र नेपाली दूतावास कर्मचारी शुरेस लिम्बुले सबै कागजातहरु खोसिदिए र अब देखि नमाग्ने भनी माफी मागेपछि छाडिदिएका थिए ।

सउल स्थित नेपाली दूतावासले यस्ता कृयाकलाप गरिरहेको भेटेमा तुरुन्त पुलिसलाई बुझाउन समेत आग्रह गरिसकेको छ । नेपालमा गृहयुद्ध भैरहेको छ नेपाली बालबालिकाहरुले खान पाएका छैनन् लाउन पाएका छैनन् तिनीहरुलाई पढाउन सहयोग गर्नुस् भन्दै माग्ने नेपालीहरुले गर्दा कोरियामा नेपाली माग्नेहरुले गर्दा नेपालको धेरै बेइज्जत भैरहेको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »