Banner

काठमाडौँ, १३ साउन  । नेपालले इराकमा काम गर्न जान लगाएको बन्देज खारेज गरेको छ । नेपाल सरकारको निर्णयले इरकमा गैरकानुनी रूपमा काम गरिरहेका नेपालीलाई नेपाल फर्कन नपर्ने भएको छ । अमेरिकी कमाण्डमा कार्यरत गैरकानुनी कामदारलाई अमेरिकी सरकारले फिर्ता गर्न आदेश दिएपछि इरक पुगेका हजारौँ नेपाली र्फकनुपर्ने बाध्यतामा थिए ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रालयले वैदेशिक रोजागरीमा सरोकार राख्ने सबै पक्षसँग भएका छलफल तथा परामर्शको निष्कर्षपछि प्रतिबन्ध हटाएको जानकारी दिएको छ । नेपालले २०६१ साउनमा वैदेशिक रोजगारीको खोजीमा गएका १२ नेपाली कामदारको इराकमा हत्या भएपछि इराकमा वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।

मन्त्रालयका अनुसार इराकमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाए पनि करिब तीस हजार नेपाली त्यहाँ पुगेका छन् । हालै अमेरिकी सेवाको सेन्ट्रल कमाण्डले इराकमा कार्यरत गैरकानुनी नेपाली कामदारलाई २० दिनभित्र इराक छोड्न आदेश दिएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »