शुक्रवार, 30 जूलाई 2010 09:33
कतार, १३ साउन । कतारका सबै टेलिकम सेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि मोबाइल र आधारभूत फोनका नम्बर परिवर्तन गरेका छन् । कतारमा अहिलेसम्म ७ डिजिट (अंक) को नम्बर प्रयोग हुँदै आएकामा अब ८ डिजिट हुनेछ । परिवर्तित नम्बरअनुसार जुन डिजिटबाट फोन नम्बर सुरु भएको छ त्यसको अघि त्यही नम्बर थपिनेछ ।
कतारमा ३, ४, ५, ६ र ७ नम्बरबाट सुरु हुने मोबाइल/फोन नम्बरहरू क्रमशः ३३, ४४, ५५, ६६ र ७७ नम्बरबाट सुरु हुनेछन् । डायल गर्न थपिएको नयाँ नम्बर समावेश गर्नुपर्ने हुन्छ । कतारको कन्ट्री कोड ००९७४ परिवर्तन भएका छैनन् । वैदेशिक रोजगारको एक गन्तव्य रहेको कतारमा साढे तीन लाखभन्दा बढी नेपाली कार्यरत छन् ।