Banner

अर्थ बजार

बनेपा, मङ्सिर २१ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको आयोजनामा आगामी मङ्सिर २९ गतेदेखि क्यान इन्फोटेक २०६८ हुने भएको छ । बनेपामा आयोजना हुने सो इन्फोटेकबाट काभ्रेका विभिन्न गाविसमा सञ्चालन भइरहेका इ–भिलेज कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने आयोजकहरूले बताएका छन् ।

८ भदौं, काठमाडौं । 'जन जनको मन मनमा रक्तदान यो हो हाम्रो जनजागरण अभियान' भन्ने नारामा रक्तदान कार्यक्रम भएको छ । सम्पूर्ण बिरामीले निशुल्क एवं सर्व सुलभ रुपमा रगत उपलब्ध होस उद्देश्य राख्दै राष्ट्रिय व्यापार संघको आयोजना तथा विभूति बहुउद्देश्यीय सहकारी संस्था लिको प्रायोजनमा रक्तदान भएको हो ।

७ भदौ, काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा कर्मचारीले करिब एक महिनादेखि कार्यालय परिसरमा लगाएको ताला अझै खुलेको छैन ।

६ भदौ, काठमाडौँ । घरजग्गा कारोबार व्यवस्थित र गतिशील बनाउन सहयोग पुर् याउने उद्देश्यका साथ पचकन्या रियल स्टेट एक्स्पो २०११ आयोजना हुने भएको छ ।

६ भदौ, काठमाडाँ । पुनरावेदन अदालत पाटनले वित्तीय रुपमा धरासायी भएको सम्झना फाइनान्सलाई विघटन गर्न आदेश दिएको छ । न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र कुलरत्न भुर्तेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

काठमाडौँ, भदौ २ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य अस्वभाविक तवरले बढ्न थालेपछि नेपाली सुन बजार जोखिममा परेको छ। सुनको बढ्दो मुल्यले नेपाली सुन व्यवसायी पसल खोल्ने र लगत्तै बन्द गर्ने अवस्थामा पुगेका देखिन्छन्। सुन किन्ने मानिस पनि नहुने र व्यवसायीले सुन किन्न पनि जोखिमपूर्ण भएकाले नेपाली बजारमा सुनको किनबेच ठप्प भएको छ ।

काठमाडौं । किष्ट बैंक लिमिटेडले साउन महिनादेखि भिसा इलेक्ट्रोनमार्फत सदस्यहरुलाई थप सेवा दिने घोषणा गरेको छ । बैंकले नवौं वर्षमा प्रवेशको अवसरमा सो घोषणा गरेको प्रबन्ध सचालक कमलप्रसाद ज्ञवालीले बताउनुभएको छ ।

समूहको नेतृत्वमा उत्रिए आजाद श्रेष्ठ र सुरज वैद्य, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका दुई ठूला चर्चित व्यवसायीले आफ्नो प्यानल घोषणा गरेका छन् । जसमा आजाद श्रेष्ठले ४ उपाध्यक्ष सहितको टिम घोषणा गरेका छन् ।

ललितपुर । गुण मल्टिपरपोज को-अपरेटिभ लिको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पाचराज शाक्यको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्सले आफनो निक्षेप ८७ करोड पुगेको जनाएको छ । शुक्रबार राजधानी सम्मपन्न फाइनासको नवौ वार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »