Banner

ललितपुर । प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले ललितपुर तयारी पोसाक व्यापार संघको आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

संघको तेह्रौं वार्षिक साधारणमा सभामा वहाँले सो कुरा बताउनुभएको हो । आन्तरिक राजस्व कार्यालय ललितपुरका प्रमुख कर अधिकृत विष्णुप्रसाद नेपालले संघमा आवद्ध रहेका व्यवसायीले व्यवसाय दर्ता गर्नुपर्ने बताउँदै करको दायरामा आउनुपर्ने धारणा राख्नुभएको थियो ।

संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार पुष्परत्न शाक्यले १४ वर्षअघि ६० वटा व्यवसायीद्धारा स्थापना गरिएको संघमा हाल ३ सय ५० भन्दा बढी व्यवसायी एकताबद्ध भएको बताए । संघका अध्यक्ष काजीरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रमान प्रधान निवर्तमान अध्यक्ष प्रशन्नमान मानन्धर उपाध्यक्ष हरिबहादुर प्रधानलगायतले संघको भावी नीति तथा कार्यक्रमका बारेमा चर्चा गर्नुभएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »