Banner

काठमाडौं । एनसेलले नेपाली उपभोक्तालाई सबैभन्दा सस्तो मूल्यमा सिमकार्डसहितको मोबाइल सेट वितरण गर्ने भएको छ । निजी क्षेत्रको पहिलो मोबाइल टेलिफोन सेवा प्रदायक एनसेलले १ हजार १ सय ३० रुपैयाँमा मोबाइल टेलिफोन दिने भएको छ । तर रंगिन स्क्रिन भएको सेटको निम्ति भने १ हजार ३ सय ५६ रुपैयाँ तिर्नुपर्नेछ । एलसेलको प्रमुख लगानीकर्ता टेलिसोनेराले युरोपमा यस्तो प्रकारको स्किम ल्याउँदा धेरै ठूलो प्रतिक्रिया पाएकोले नेपालमा पनि सुरु गरेको जनाइएको छ । नेपालमा अहिलेसम्मको सबैभन्दा सस्तो यो सिमकार्डमा ९९ रुपैयाँ टकटाइम भ्यालु समेत राखिएको छ । बजारमा जिएसएम ब्रान्डेड मोबाइल सेटको मूल्य कम्तिमा तीनहजार रुपैयाँको हाराहारीमा पर्छ । तर, एनसेलले जेडटिईको ब्रान्डेड सेटलाई ११ सय ३० रुपैयाँमा दिने घोषणा गरेको छ ।

एनसेलले वितरण गर्न लागेको मोबाइल सेटमा ६ महिनाको वारेन्टी सुविधा पनि छ। त्यो समयभित्र बिग्रेमा निशुल्क मर्मत र साटफेरको सुविधा पनि छ। एनसेलले पहिलो चरणमा यी सेटहरु वागमती अञ्चलभन्दाबाहिर वितरण गर्ने जनाएको छ । नेपाली भाषामै चलाउन सकिने यो सेटले एनसेलको नेटवर्कमा मात्र काम गर्छ । यसमा रहेको एनसेलको सिमकार्ड झिकेर अर्को कम्पनीको सिमकार्ड राख्दा काम गर्दैन ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »