Banner

अप/ललितपुर । ललितपुर पुल्चोकस्थित गेनवेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले औपचारिक कारोवार सुरु गरेको छ । ललितपुर डिभिजन सहकारी कार्यालयका प्रमुख बद्री प्रसाद तिवारीबाट सो संस्थाको औपचारिक उद्धघाटन गर्नुभएको हो । मंसिर २४ गते दर्ता भएर फागुन २ मा अनौपचारिक कारोबार बिस्तार गरेको गेनवेलले असार २६ बाट विधिवत् कारोबार प्रारम्भ गरेको हो ।

उद्धघाटन कार्यक्रममा स्वागत मतव्य दिँदै रुपकमान महर्जनले सामाजिक संस्थाको रुपमा कदम चाल्दै निक्षेप संकलन गर्नु र सही ठाउँमा लगानी गर्ने बताउनुभयो । सहकारीलाई नकारात्मक रुपमा लिइदै आएको हुनाले हामी त्यसबाट अछुतो रहेर समाजमा सही काम गरेर देखाउने तत्पर रहेको वहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर डिभिजन सहकारी कार्यालयका प्रमुख बद्री तिवारीले गेनवेलको विधिवत् उद्धघाटन गर्दे यो नमुना सहकारी बन्न सकोस् भनेर कामना गर्नुभयो । सहकारीको निति नियम भित्र सचालित हुँदै गेनवेल अघि बढेको अवस्थामा यो सहकारीको उज्वल यात्रा रहेको धारणा व्यक्त गर्नुभयो । सामाजिक क्षेत्रमा अग्रणी बनेर नाम कमाएको सहकारीको जिकिर गर्दे प्रमुख तिवारीले सहकारीले सामाजिक हितका लागि पनि कार्य गर्नुपर्ने तर्क राख्नुभयो । सहकारी अभियानलाई उच्च प्राथमिकता सहित अघि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासको लागि सहकारी सहयात्री भएको धारणा प्रस्तुत गर्नुभयो । व्यावसायिक बन्दै गएको सहकारी अभियानमा पनि कति सहकारी नियम विपरित र निति नियम कार्यान्वयन नगर्दे सचालित भएको जिकिर गर्दे प्रत्येक सहकारीले पारदर्शी र ईमान्दारिता अपनाउनु पर्ने बताउनुभयो ।

सहकारी एकता र सहकारीको मुल उद्देश्यलाई आत्मसात गर्दे गेनवेलले समिति र उपसमिति निर्माण गर्दे सदस्यहरुमा सेवा प्रदान गर्दे आईरहेको अध्यक्ष सलिन नर्सिङ शाक्यले बताउनुभयो । 'म र मेरो भावना छोडेर हाम्रो भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता' औल्याउँदै अध्यक्ष शाक्यले 'विधिवत् प्रारम्भको मौका जुर्दा अत्यन्त गौरव महसुस भएको' बताउनुभयो । भविष्यमा समेत सदस्यहरुका लागि नयाँ योजनाहरु ल्याउने तर्फ अग्रसर रहेको बताउँदै पारदर्शी लेखा प्रणालीलाई दुरुस्त राखिएको जानकारी दिनुभयो ।

सोही अवसरमा पद्यमावती सहकारीका कार्यकारी अध्यक्ष रोशन कुमार शाक्यले सहकारीमा एकता रहेको अवस्थामा सहकारी अभियानमा टेवा पुग्ने बताउनुभयो । वहाँले अन्तर सहकारी सम्बन्ध गाँस्नुपर्ने बताउँदै सहकारी बीच एकआपसमा निरन्तर सहयोग रहनुपर्ने धारणा राख्नुभयो । यस्तै गेनवेलका कोषाध्यक्ष महेश्वरमान शाक्यले हरेक क्षेत्रबाट सहयोग र साथ आशा गरेको बताउँदै गेनवेलले प्रत्येकसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

अशोक पार्टी प्यालेसमा आयोजना गरिएको सो उद्धघाटन कार्यक्रममा संस्थाका संचालन समितिका अध्यक्ष सलिन नर्सिङ शाक्य, उपाध्यक्ष राजु व्याजनकार सचिव रुपक महर्जन, प्रबन्ध निर्देशक तथा कोषाध्यक्ष महेश्वरमान शाक्य, प्रबधक सुनिल व्यजनकार, उप-सचिब सुनिल महर्जन, रुपेश शाक्य तथा अन्य संचालकहरुमा किशोर महर्जन, अजयमुनी बज्राचार्य, नुतन धाख्वा, शान्तमान व्यजनकार, किरण महर्जन र संजित नारायण जोशीलगायत शेयरधनीहरुको व्यापक उपस्थिति रहेको थियो ।

गेनवेलका तर्फबाट उद्धघोषकले संस्थाको नयाँ योजनाहरु चालु विविध बचत योजनालगायत स्किमहरुका बारेमा जानकारी गराएका थिए । संस्थाले वचत तर्फ ८ देखि १२.५ प्रतिशत सम्म र मुद्दतीमा १० देखि १७ प्रतिशत सम्म व्याज प्रदान गरिनेछ । पारदर्शी लेखा प्रणाली अवलम्बन गर्न स्तरियता ध्यान दिँदै कम्प्यूटर सफ्टवेयर प्रणालीको ब्यवस्था गरेको छ । गेनवेलले आफ्नो सदस्य महानुभावहरुको अधिकतम हितलाई ध्यानमा राख्दै संचालक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको जनाएको छ ।

साथै, गेनवेलले निकट भविष्यमा उपलब्धीमूलक तथा सेवामूलक कार्य गर्दै जाने योजना रहेको बताएको छ । संस्थामा बैंक तथा वित्तिय क्षेत्र ब्यापारिक क्षेत्र सेवाग्रही क्षेत्र तथा अन्य ब्यावसायिक क्षेत्रहरुमा अनुभवी विज्ञहरुको प्रत्यक्ष लगानी रहेको अध्यक्ष सलिन नर्सिङ शाक्यले जानकारी दिनुभयो । फागुनको पहिलो साताबाट संस्थाले अनौपचारिक कारोबार प्रारम्भ गरेको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »