Banner

अप/ललितपुर । सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले सदस्यहरुका माग बमोजिम दैनिक १२ घण्टा वित्तिय कारोबार प्रारम्भ गरेको छ । लिमिटेडले १२ औं वर्ष सफलतापूर्वक पार गरेको अवसरमा सो सेवा प्रारम्भ गरेको हो । सुमेरुले दैनिक बिहान  ८.०० देखि बेलुका ८.०० बजेसम्म आर्थिक कारोबार गर्ने सहकारी क्षेत्रमा यो नयाँ थालनी भएको बताउँदै संस्थाका अध्यक्ष भरत महर्जनले भन्नुभयो, 'वहाँले बेलुकाको स्थानीय कारोबारलाई हामीले सुरक्षित साथ निक्षेपमा परिवर्तन गर्न यो सेवा ल्याएका हौं ।'

साथै, सुमेरुले यो सेवासंगे रेमिटान्स सेवाहरु समेत बिस्तार गरेको छ । लिमिटेडले आईएमई, प्रभु मनि ट्रान्सफर, संसारा मनि ट्रान्सफर, नबिल रेमिट, वेस्टर्न युनियन मनि ट्रान्सफर, रेमिटान्सका सेवाहरु सदस्यवर्गलाई ध्यानमा राखेर शुरु गरिएको सुमेरुका निर्देशक होमराज दाहाल बताए । स्मरण रहोस् सुमेरु सेभिङले यही असार १ गतेबाट पूल्चोकस्थित आफ्नै भवनमा कारोबार शुरु गरेको थियो ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »