Banner

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले सशस्त्रद्वन्द्वबाट गुमेका छबि कायम राख्न पर्यटन वर्ष सन् २०११ मनाउन लागिएको बताउनुभएको छ ।

नेपाल स्वयम्सेवक महासङ्घको आठौँ वाषिर्कोत्सवको अवसरमा आयोजित दिगो पर्यटन किकासमा स्वयम्सेवकको भूमिका र चुनौती विषयक कार्यक्रममा पर्यटन वर्ष सन् २०११ लाई नेपाल सरकारको मात्र नभनी नेपालीको बनाए सफल र प्रभावकारी भई आफ्नो छबिलाई कायम राख्न सक्ने बताउँदै यसको प्रचार र प्रवर्द्धनमा स्वयम्सेवकको महìवपूर्ण भूमिका हुने मन्त्री भण्डारीले बताउनुभयो ।

सशस्त्रद्वन्द्व अघि नेपालको विश्व समुदायमा सुन्दर शान्त देशको नाममा परिचित भए पनि अहिले त्यो छबि गुमेको छ । त्यसलाई कायम राख्न सबै नेपालीको साझा कर्तव्य हुन आउँछ, भन्नुुभयो ।

उहाँले पर्यटन व्यवसायलाई नेपालका गाउँ गाउँमा पुर्‍याउन नसके पर्यटनको विकास हुन नसक्ने भएकाले नेपाल स्वयम्सेवक महासङ्घसँग यसबारे आगामी दिनमा छलफल अघि बढाउने जानकारी पनि दिनुभयो ।



Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »