काठमाडौँ, साउन १९ । स्वस्थ र प्रतिस्पर्धा बैङ्किङ सेवालाई आत्मसात् गर्दै आएको सनराइज बैङ्कले ललितपुरको भैंसेपाटीमा शाखा विस्तार गरेको छ । सनराइज बैङ्कको उक्त शाखा विस्तारपछि सो बैङ्कको शाखा सङ्ख्या ४१ पुगेको छ । सनराइज बैङ्कको भैंसेपाटी शाखाको उद्घाटन नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर वीरविक्रम रायमाझी तथा सो बैङ्कका अध्यक्ष तोलाराम दुगडले संयुक्तरूपमा गर्नुभएको हो । २३ औँ वाणिज्य बैङ्कको रूपमा स्थापित सनराइज बैङ्कको १४ अर्ब रुपियाँको हाराहारीमा निक्षेप तथा १२ अर्बभन्दा बढी कर्जा लगानी पुगेको बताइएको छ । सञ्चालनको ३३ महिनाको अवधिमा सनराइज बैङ्कले एक लाख १४ हजार ग्राहकलाई सेवा पुर्याइरहेको जनाइएको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this