काठमाडौं । जनता बैंकले एटीएम एसएमएस बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रारम्भ गरेको छ । राजधानीको न्यूरोडबाट बैंकले सन्ध्याकालीन सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष गुरुप्रसाद न्यौपानेका अनुसार बैंकले जारी गरेको डेबिट कार्डबाट एससिटी नेटवर्कमा आबद्ध ६ सयभन्दा बढी एटीएमबाट तत्कालै पैसा झिक्ने सुविधा लिन सकिनेछ । साथै जनता बैंकको कार्डबाट नेपालका १ हजार ५ सयभन्दा बढी व्यापारिक प्रतिष्ठानबाट बस्तु तथा सेवा खरिद गर्दा कार्डबाट भुक्तानी गर्न सकिनेछ । अध्यक्ष न्यौपानेका अनुसार चाँडै बैंकले पन्जाब नेसनल बैंकसँग सहकार्य गरी भारतका दुई हजार ६ सय एटिएमबाट रकम झिक्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको बताउनुभयो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this