Banner

काठमाडौँ । नेपालमा लाइसेन्स प्राप्त  १८० जना पाइलट बेरोजगार बनेका छन् । सन् १९९२ देखि १९९५ सम्म नेपालमा पाइलटको निक्कै अभाव थियो । त्यसको ठिक अर्थात १५ वर्ष पछि भने पाइलटहरु बेरोजगार बन्न पुगेका हुन् ।

नेपालमा पूर्वाधारको विकासमा नैराश्यता, एरलाइन्स र एयरकार्फ्टको विकास हुन नसकेकाले पाइलटहरु बेरोजगार बनेका हुन् । वायुसेवा सञ्चालक सङ्घ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भन्नुभयो । नेपाली पाइलटहरु  सन् १९९५ ताका  छिमेकी मुलुक भारतमा काम गर्दे आएका थिए। उपयुक्त सुविधा पाएकै कारण उनीहरुले भारतमा काम गर्ने गरेका हुन् ।  तर, सन् २००८ देखि सन् २०१० सम्म आइपुग्दा भारतमा पनि  करिव १० हजार पाइलट बेरोजगार भएका कारण  नेपालमा पाइलटहरु बेरोजगार बन्न पुगेको जानकारी सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाली विद्यार्थीहरु पाइलट पढ्नका लागि फिलिपिन्स, अमेरीका र दक्षिण अफ्रिकामा पाइलटको  तालिम लिने गर्छन्। सो तालिम लिनका लागि तालिम अवधिभर शैक्षिक शुल्क मात्र करिव रु ३१ लाख खर्च हुने जानकारी सिमि्रक एरका महाप्रबन्धक योग राज कँडेलले दिनु भयो । नेपालमा, नेपाल सरकार, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मात्र हवाइसेवा सञ्चालनको इजाजत प्रमाण दिने अधिकार छ ।

हाल मन्त्रालयले ८४ कम्पनीलाई विभिन्न किसिमका वायुसेवा सञ्चालनको लागि लाइसेन्स उपलव्ध गराइसकेको छ । यद्यपि लाइसेन्स प्राप्त कम्पनीमध्ये ३५ प्रतिशत मात्र सञ्चालनमा रहेका छन् । त्यसैगरी आन्तरिक उडानतर्फ लाइसेन्स पाएकामध्ये ९ वटा  मात्र विमान सञ्चालनमा छन् । र १८ वटा हेलिकप्टर कम्पनीले अनुमति पाएकोमा हाल ५ वटाले मात्र उडान भर्दै आएका छन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »