सुबिन श्रेष्ठ, ललितपुर । खोकनास्थित दे-पुँखुमा बाख्राको एक जीवित पाठोलाई फाली स्थानीय युवकहरुले लुछेर परम्परागत जात्रा सम्पन्न गरेका छन् । स्थानीयले मनाउँदै आएको सो परम्परा रोक्न खोजेको एकाध घण्टापश्चात् पुन गतवर्ष जस्तै यो जात्रा मनाईएको हो ।
यसपालीको जात्रामा पोखरीमा पाठी नखसाएर नयाँ परम्पराको थालनी गर्न खोजिएको थियो । भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम सहित मनाइने सांस्कृतिक पर्व गाईजात्रा ललितपुरको खोकनामा अन्यत्र भन्दा पृथक शैलीमा मनाईने गर्दे आएको छ । एक बर्षभित्र दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने गाईजात्रा पर्वको अवसरमा खोकनाको दे-पोखरीमा बाख्राको एक जीवित पाठोलाई फाली स्थानीय युवकहरुले लुछेर मार्ने र आ-आफ्नो टोलमा लग्ने प्रचलन छ । जिवित पाठोलाई पोखरीमा फालेपछि युवकहरु पौडेर उक्त पाठोलाई लुछेर र टोकेर मार्नुपर्ने चलन विद्यमान रहेको स्थानिय ज्येष्ठ नागरिकहरुले बताएका छन् । पुरानो परम्परा र चलन रोक्न नसकिने बताउँदै स्थानीय चेतनारायण महर्जनले भने 'यो प्रचलन नरबलि रोक्न प्रारम्भ भएको हो ।'
जनश्रुतिनुसार खोकनामा नरबलि दिइनुपर्ने बाध्यता थियो । यो बाध्यताले मान्छेहरुमा पीडा र डर बढ्दै गएपछि यसलाई रोक्न पशुबलिको प्रथा थालिएको हो । दुई पक्षबीच परम्परा धान्ने वा नयाँ प्रारम्भ गरिएको रिवाजप्रति सहमति हुन नसकेपछि पुरानो रितिरिवाजलाई कायम राख्नुपर्ने अडान लिएपछि स्थानीय बासिन्दाको सहमतिसँगै पुन पूर्व वर्षहरुमा जस्तै खोकनामा यो जात्राले निरन्तरता पाएको थियो । यता पशु कल्याण संजाल नेपालले पनि पशुको यस्तो विभत्स हत्याको परम्पराप्रति असहमति र यसलाई रोक्न अभियान थालिएको बताउँदै नेपालका उप-संयोजक महेश शर्माले स्थानीय जात्रा पर्व व्यवस्थापनसँग कुरा गरेको बताएको थियो ।
यता खोकनाको जात्रा पर्व समितिका संयोजक बेखामुनी महर्जनका अनुसार परम्परा तोड्न सबैतहबाट सहमति जुट्न नसकेको बताउँदै पुरानै परम्परालाई निरन्तरता दिनुपरेको बताउनुभयो । फेरि स्थानीय अग्रजहरुबाट पनि जात्राको परम्परालाई सुचारु राख्नुपर्ने सल्लाह बमोजिम यसवर्षको लागि पनि चल्दै आएको जात्रा परम्परालाई सम्पन्न गरिएको बताउनुभयो ।
पशुबलिविरुद्ध अभियान साचालनमा तीब्रता दिईएको संजालका अनुसार खोकनाको जात्रामा परिमार्जन ल्याउन खोजिएको बताउँदै निकै असहयोग र गुनासो बढेको बताए । खोकनाका हसिना महर्जनले परापूर्वकालदेखि साचालित यो परम्परानुसार मानवबलि भन्दाको सट्टा यो पशुबलि दिईने भएको हुँदा जात्रालाई नेवारी परम्परानुसार चल्न दिईनुपर्ने धारणा राखिन् । जात्रामा पाठीको विभत्स तरिकाले मारिने प्रथा रहेको हुँदा चौतर्फी पशुबलिका साजालले परम्परा परिमार्जनको सुझाव दिँदै आएको छ । तस्बीर साभार : माईसंसार
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this