Banner

ललितपुर । सांझ झण्डै ९ बजेतिर सेलवेज सुपरमार्केट थुन्ने तरखर गरिरहंदा दुई व्यक्तिहरू प्रवेश गरे । उनीहरूले ३० हजारको मदिरा छानेर क्यास काउन्टरमा उभिए । क्यासिएरले चौथौपटक मदिरा किन्न आएका ग्राहकप्रति शंका गरे । ‘माथि हाकिमले भेट्न चाहेको छ’ भनेर प्रमुखको कार्यकक्ष लैजांदै गर्दा प्रहरी आइपुगे । ग्राहक बनेर नक्कली एटीएम कार्डले ठग्दै हिडेका दुई रंगेहात पक्रियो । होस गर्नुस् है । तँपाईले बोक्नु भएको एटीएम कार्डको कुनैपनि बेला दुरूपयोग भइरहेको हुनसक्छ । अरूको पैसालाई चोरले विविध माध्यम प्रयोग गरेर थाहै नहुने गरि पैसाको प्रयोग गर्दै आइरहेको खुलेको छ । प्रहरीले सेलवेज डिर्पाटमेन्टल स्टोरमा नक्कली एटीएम कार्ड बोकेर किन्न आएका दुईजना पक्राउ परेपछि यो खुलेको हो । उनीहरूले झण्डै १ लाख बराबरको मदिरा किनेका थिए । सो दिन भाटभटेनीमा किनमेल गरेर सेलवेज पसेका थिए । भाडाको ट्याक्सीमा आएका उनीहरू चारपटक मदिरामात्रै किनेका हुन् । केही महिनाअघि पनि नबिल बैंकमै कार्यरतसमेत सबिन÷रितेश रिमाल दाजुभाई तीनसय थान नक्कली एटीएम कार्ड विभिन्न उपकरणहरू सहित पक्राउ परेका थिए । ‘प्रविधिको दुरूपयोग भएको छ’ एक बैंकका प्रमुख भन्छन्, ‘कर्मचारीलाई पनि अविश्वास गर्नुभएन ।’ रिमालद्धय पक्राउपछि नेबिल बैंकमा १७ वर्ष सम्म कार्ड शाखामा कार्यरत रहेको खुल्यो । त्यहाँबाट राजिनामा दिएर बाहिरिएका रिमालले कार्ड बनाउने मेशिन ल्याएर चोरीको बाटो अपनाएको पाइयो । प्रहरी स्रोतका अनुसार नाम चलेका व्यवसायीहरूका समेत नक्कली कार्डबाट पैसा झिकिएको छ । शुक्रबार एटीएम कार्डसहित पक्राउ परेपछि प्रहरीले थप अनुसन्धना गरिरहेको छ । पक्राउ पर्नेहरूले आफ्ना थप सहयोगी रहेको रहस्य खोलेपछि प्रहरी टोली नक्कली कार्डको धन्दामा लागिरहेका गिरोहको खोजीमा जुटिरहेका छन् । घटनापछि एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरू थप सतर्कता अपनाउनु पर्ने बैंकका प्रमुखको भनाई छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »