Banner

ललितपुर । पुल्चोक प्रहरी प्रभागले अझै ‘नबज्ने फोन’ प्रयोग गर्दै आएको छ । घण्टी नबज्ने फोन सेटको भरमा सुरक्षातार्थ प्रहरी खटिएका छन् भन्दा अचम्म लाग्नसक्छ । पुल्चोक वरिपरि कुनै घटना घटेर तत्कालै ५५२२१५१ मा फोन गर्नुभयो भने यहाँ फोन लाग्ने अवस्थामै छैन । प्रभागले यस्तो दुर्दशा भोगेर सञ्चारविहिन भएको झण्डै एक बर्ष बित्यो । चौबिसै घण्टा तैनाथ बन्दै सुरक्षाको चासो राख्नुपर्ने प्रहरीको फोन हालसम्म सुचारू हुनसकेको छैन् ।

फोन लाईन काटिएको महिनौं बित्दासम्म समस्या उस्तै छ । नेपाल टेलिकम स्रोतका अनुसार प्रहरी प्रभाग पूल्चोकको ५५२२१५१ नम्बरले तिर्नुपर्ने २०६८ जेठसम्मको अन्तिम महसुल १ लाख ३१ हजार ९ सय ९१ रूपैयाँ ९८ पैसा छ । मासिक ७ हजारसम्म टेलिफोन महसुल उठ्ने गरेको पूल्चोक प्रभागमा बैशाखको १३ गते लाईन काटिएको थियो । सर्वसाधारणलाई कुनै अकस्मात् सुरक्षा चाहिएको अवस्थामा नजिकैको प्रहरी गुहार्न समस्या देखिएको छ । सुरक्षाका लागि ठूला पदका प्रहरी अधिकृतहरूले आफ्ना नम्बर सार्वजनिक गरेर घटनाको बारेमा जानकारी गर्ने सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । तर, व्यस्त रहने पुल्चोकमा अवस्थित प्रभागमा भने फोन जोड्ने तर्फ कसैले पहल गरेको देखिँदैन । ‘प्रंहरीमा फोन नहुँदा तँपाईहरूले कुनै पहल गर्नुभएन ?’ एनेकपाका क्षेत्र ३ का इन्चार्ज अष्टबहादुर महर्जनले भने, ‘सम्बन्धित पक्षपनि संवेदनशील बन्नुपर्छ ।

हामी आवाज उठाउन तयार छौं ।’ एनेकपाका इन्चार्ज अष्टमानले  बाँकी ३ पेजमा    फोनको महसुलबारे जानकारी लिँदै नयाँ फोनको व्यवस्था गरिदिन तयार रहेको बताए । पुल्चोक टोल सुधार समितिका अध्यक्ष सुर्यमान महर्जनले भने, ‘फोन सुचारूका लागि सम्बन्धित ठाउँमा कुरा लग्छौ ?’ प्रहरी स्रोतका अनुसार पुल्चोक प्रभागबाट लगातार ताकेता गर्दा समेत समस्या समाधान नभएको बताए । ‘प्रभागका पूर्व इन्चार्ज भाग्यराम तामाङको पहलमा एकतर्फी फोन सेवा चलेको थियो,’ स्रोत भन्छ, ‘एक महिना चलेपछि पुनः फोन सेवा रोकियो ।’ त्यत्तिमात्रै होइन, चोरी र तत्कालै कुनै घटना भएको अवस्थामा समेत नजिकै प्रहरीलाई जानकारी गराउन सकिने अवस्था छैन, सहदेव श्रेष्ठ भन्छन्, ‘पुल्चोक वरिपरि कुनै घटना भइहाल्यो भने कसरी खबर गर्नु ?’ यसैबीच, पुल्चोक प्रहरी प्रभागमा सन्तोष तामाङले इन्चार्ज पाएका छन् । तामाङले आएको दुईसाता नबित्दै सुरक्षाका लागि तयारी अवस्थामा राख्नुपर्ने प्रहरी गाडी  र सोलार जडान गरेर उत्साहजनक कार्यको थालनी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु