सुबिन श्रेष्ठ, ललितपुर । देशभर सहकारी स्थापनाको संख्या बढ्दो छ । सहकारीको बढ्दो स्थापनासँगै सहकारीप्रति जनताका शंका पनि बढ्न गएको छ । ललितपुरमा मात्रै सहकारीको संख्या झण्डै साढे ७ सय पुगिसकेको छ । सहकारीहरु नीती नियमभन्दा विपरित चलिरहेको आरोप एकातिर छन् भन्ने अर्कातिरसहकारी स्थापनाको मोह र संलग्नतामा पर्दै गएका सर्बसाधरणको संख्यापनि थोरै मात्रै छैन । यसको पछिल्लो उदाहरण हो ५३ औं राष्ट्रिय सहकारी दिवस २०६६ मा देखिएको बिशाल उपस्थिती ।
सहकारी दिवसमा सहकारी संस्थासँग आवद्ध सहकारीकर्मीहरुको विशाल र् याली प्रभातफेरिसँगै लगनखेल जावलाखेल पुल्चोक मंगलबजारहुँदै बुद्धि बिनोद विद्यालयमा पुगेर सभामा परिणत भएको थियो । सहकारी दिवसको सभामा विशेष अतिथिमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष शरद कुमार शर्मा र अतिथिहरुमा राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा राष्ट्रिय सहकारी संघका सल्लाहकार केशव बडाललगायत अन्य प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जिल्ला पार्टी सयन्त्रका पाँचदलका पाँच प्रतिनिधिमा कांग्रेसका ललितपुर सभापति चन्द्र महर्जन र एमालेबाट कृष्णमान लामाको उपस्थिती थियो । राष्ट्रको स्वाभिमान सहकारी अभियानुको मुल नारामा मनाइएको सहकारी दिवसको सभा डिभिजन सहकारी कार्यालय ललितपुरका प्रमुख बद्री तिवारीले साचालन गर्नुभएको थियो ।

सो समारोहमा डिभिजन सहकारी कार्यालय ललितपुरले जिल्लाका उत्कृष्ट काम गर्ने सहकारी तथा सहकारीकर्मीलाई सम्मान तथा कदरपत्र प्रदान गरेको थियो । श्री लाली गुराँस बहुउश्द्देयीयका प्रबन्ध निर्देशक सुरेन्द्र भण्डारी र केन्द्रिय उपभोक्ता सहकारी संघका दीपकराज पौडेलले बधाई तथा सम्मानपत्रबाट सम्मानित भए । साथै सम्मानित हुने सहकारीमा सातकन्या दुग्ध उत्पादक सहकारी संस्था ठूलादुर्लुङ अमरापुर कृषि सहकारी संस्थ्ाा बुङमती र रत्नाकर बचत तथा ऋण सहकारी संस्था पाटन रहेका थिए । जिल्लामा नमुना काम गरेको भन्दै डिभिजन सहकारीले दक्षिण ललितपुर ग्रामिण विद्युत सहकारी संस्था चापागाउँ र सहकारी समाचार प्रचारप्रसारमा सहयोग गरेको भन्दै ललितपुरबाट प्रकाशित हुँदै आएको ललित सन्देशका प्रकाशक अमृत तिल्मिसिनालाई कदरपत्र दिइयो ।
ललितपुरको मनाइएको सहकारी दिवस उपत्यकाकै सर्वात्कृष्ट भएको दावी गर्दै जिल्ला सहकारी संघका अध्यक्ष विजयराज घिमिरेले ंहामीले सोचेभन्दा बृहत सहभागिता रहेकोु भन्नुभयो । वहाँले एउटा सहकारीको बदमासीको कारण अन्य सहकारीलाई आक्षेप लाग्ने गरेको बताउँदै सदस्य बन्नु पूर्व सचेत हुन आग्रह गर्नुभयो । यता अनलाईन पत्रिकासँगको सम्बादमा ललितपुरमा सहकारी अनुशाषनमा सचालन भइरहेको धारणा राख्दै डिभिजन सहकारी कार्यालय ललितपुरका प्रमुख बद्री तिवारीले सहकारीप्रति जागरुकता बढेको कि्रयाशीलता बढेको बताउनुभयो । सहकारीलाई पनि मुख्य मेरुदण्डको रुपमा लिएर राज्य सम्बोधन गर्न ढिला गर्न नहुने बताउनुभयो । सहकारीमय बन्दै गएको प्रस्ट दृश्य सहकारी संस्थाका घण्टौं लामो र् यालीले समेत देखाएको छ ।
गाउँगाउँमा सहकारी घरघरमा भकारी राष्ट्रको स्वाभिमान सहकारी अभियानआदि बोर्ड लिएर सहभागी भएका संस्थाका पंं्रतिनिधिहरु एउटै रंगमा साडी नाचगानमा झुमेर नेवारी धिमेबाजा र फरक जातजातिका भेषभुषाले सहकारी यात्राभरि नै आकर्षण बनेको थियो । चापागाउँको एकिकृत सहकारीका सबैभन्दा बढी संख्यामा महिलाहरु भएका थिए । र् यालीमा सहभागी बनेका कति सहकारी संस्थाहरु मध्यभागबाट बाहिरिएका थिए । सहकारी दिवसको उल्लासमय यात्रामा ठाउँ-ठाउँमा सहकारीले पानीको व्यवस्था गरेको थियो । सहभागीताको बढ्दो संख्याका कारण सडकमा सवारी साधन जाम हुन पुगेको थियो ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this