Banner

काठमाडौं । कसैले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने भाषण गर्दै आएका प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार राष्ट्रपति डा. रामवरण यादवसँगको भेटमा भने आत्तिँदै अब मैले राजीनामा दिन्छु भनेका छन् ।

भरपर्दो स्रोतका अनुसार राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री माधव कुमार नेपाललाई आइतबार आफ्नो कार्यालय शितल निवासमा बोलाई एकीकृत नेकपा (माओवादी)ले जनविद्रोहमार्फत् कसरी सत्ता कब्जा गर्दैछ अनि सत्ता कब्जा गरेपछि कसरी टिकाउने योजना बनाएको छ साथै सत्ता टिकाउँदै आगामी दश वर्षसम्म के–के गर्ने भन्ने विस्तृत योजना बनाएको एक गोप्य रिपोर्टसहितको माओवादीको दस्तावेज देखाउँदै राष्ट्रपति रामवरण यादवले अवस्था यस्तो छ अब तपाईंले प्रधानन्त्रीको हैसियले के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। स्रोतले भन्छ, माओवादीको सम्पूर्ण योजना पठेपछि प्रधानमन्त्री नेपाल हतास हुँदै राष्ट्रपतिसमक्ष अब राजीनामा गर्दछु भनेको बुझिएको छ।

प्रधानमन्त्री माधवकुमार नेपालको हतासपूर्ण अभिव्यक्ति सुनेपछि राष्ट्रपति यादवले प्रधानमन्त्री नेपाललाई तपाईं यसरी नआत्तिनुहोस् भन्ने सुझाव दिँदै आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका थिए। राष्ट्रपतिको आशय सरकारले नसके सेना छँदै छ, किन आत्तिने भन्ने आशययुक्त थियो। त्यसो त माओवादीले जनविद्रोहमार्फत् सत्ता कब्जा गर्ने अवस्था आए सेना परिचालन गर्नुपर्ने पक्षमा सरकार तथा सत्तारुढ दलका केही नेता खुलेरै लागेको बुझिएको छ। एक उच्च स्रोतका अनुसार अहिले उपप्रधानमन्त्री विजय गच्छेदार, रक्षामन्त्री विधा भण्डारी सहितका केही मन्त्रीहरु माओवादीले शक्ति प्रर्दशन गरे सेना लगाएरैः भए पनि दमन गर्नुपर्ने पक्षमा छन्। त्यसैगरी सत्तारुढ दलकै केही नेताहरु खासगरी एमालेमा केपी ओली निकट र कांग्रसमा खुमवहादुर खड्का निकट नेताहरु पनि माओवादीलाइ सेना लगाएरै भए पनि तह लगाउनपर्ने पक्षमा रहेको बुझिएको छ। यद्यपी यसवारे अन्तिम निर्णय भने केही विदेशी शक्तिसँगका सल्लाहपछि मात्र हुन सक्ने वुझिएको छ। सम्भवतः यस्तो सल्लाह निकट भविष्यमा हुन गइरहेको सार्क शिखर सम्मेलनकै क्रममा हुन सक्नेछ।

स्रोतले भन्यो, माओवादीविरुद्ध कस्तो रणनिति अपनाउने भन्ने धेरै कुरा भारतको संकेतमा पनि भर पर्दछ। अहिले के गर्ने भन्नेमा नेपालको संस्थापन पक्ष र भारतकै संस्थापन पक्षबाट समेत ३ थरी विचार आएको बुझिएको छ। एकथरीले अझै पनि माओवादीसँग सहमति गरेर जानुपर्ने त्यसो गर्दा प्रचण्ड भन्दा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अगाडि ल्याउनुपर्ने सोचाइ राखेको बुझिएको छ। स्रोतको दावी छ, यो योजना माओवादी फुटाउने उद्देश्यसहित बनाइँदै छ। दोस्रो योजनामा संकटकाल लगाएर माधव नेपालकै सरकारलाई निरन्तरता दिनेछभने त्यसो नभएमा सेनाको बलमा प्रजातान्त्रिक आवरणमा कु गरी कुनै नागरिक व्यक्तिलाई अगाडि सार्ने र सेनाको सहयोगमा बस्ने योजना छ। यस्तो योजना बनाउनेहरु शान्ति प्रकृया टुंगोमा पुराई संविधान बनाउने भन्दा माओवादीलाई तह लगाउने योजनामा केन्द्रित रहेको बताइदै छ। बिहीबारमात्रै बसेको सुरक्षा निकायका प्रमुख सहितको केही मन्त्रीहरुको वैठकमा पनि यहि कुरा उठेको वुझिएको छ।

तर, सरकारमै सामेल उदारवादी नेताहरु खासगरी एमालेका झलनाथ खनाल, वामदेव गौतम, नेपाली कांग्रेसका रामचन्द्र पौडेलजस्ता नेताहरु भने अझै पनि द्धन्द्ध र मुठभेडमा जानुभन्दा माओवादीलाई सम्झाएर सहमतिमै ल्याउनुपर्ने पक्षमा रहेका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संसदीय दलका नेतासमेत रहेका रामचन्द्र पौडेलले माओवादीलाई सैन्य बलमै पेलेर लाने नीति अपनाउन उचित नहुने विचार राखेको बुझिएको छ। यति मात्र होइन सेनाको ठूलो हिस्सा पनि अहिले मुठभेड गर्ने मानसिकतामा छैन। त्यसैले अन्तिममा अझै पनि माओवादीले भने जस्तै राष्ट्रिय सहमतिको सरकार वन्ने आसा समाप्त भइनसकेको पनि वताइन्छ। उनीहरु भन्छन्– सम्भवतः वैशखको अन्तिमसम्ममा कुनै निकास निस्कन सक्छ। नभए माओवादी शक्ति प्रर्दशनमा लाग्ने र सरकार दमनमा उत्रने हो भने ठूलो रक्तपात हुने निश्चित जस्तै छ।

Nepalipatra

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »