Banner

काठमाडौं । सरकारले विभिन्न जिल्लाबाट राहदानी वितरण गर्न छाडेपछि परराष्ट्र मन्त्रालयमा राहदानी लिनेको घुइँचो बढ्न थालेका छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गत अप्रिल महिनासम्ममा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ कार्य हुन नसकेपछि केही समयका लागि परराष्ट्र मन्त्रालयबाटै राहदानी दिने निर्णयका कारण राहदानी लिन आउनेको भीड बढेको हो ।

विगत लामोसमयदेखि आ–आफ्नै जिल्लाबाट राहदानी प्राप्त गर्दै आएका सर्वसाधारणले यतिखेर राहदानी प्राप्त गर्न काठमाडौँ आई कम्तीमा हप्तादिन बिताउनुपर्दा निकै सास्ती पाएको बताएका छन् । सरकारले एमआरपी राहदानी छपाइका लागि टेन्डरमार्फत अन्तर्राष्ट्रिय कम्पनीलाई आह्वान गरिसकेको भए पनि सो प्रक्रियाका लागि अरु केही महिना लाग्ने भएकाले राहदानीका लागि काठमाडाँमा अझै भीड लाग्ने सम्भावना बढेको छ।

राहदानीका लागि पहिलाको नारायणहिटी राजदरबार रहेको परराष्ट्रमन्त्रालय अगाडि बिहान ७ बजेदेखि भीडभाड सुरु हुन्छ। मध्याह्नसम्ममा राहदानी लिनेको लाइन उत्तर ढोकाको लैनचौरसम्म पुग्दछ । राहदानीका लागि उनीहरु दिनभर लाइनमा बस्छन् तर आवेदन फर्म नै नभरी फर्कन्छन् । दुई बजे सम्ममात्र राहदानी लिनका लागि आवेदन फारम भर्न  पाइन्छ । फारम भर्नमात्र कम्तीमा तीन दिन लाइन बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । 

फारम बुझाएको कम्तीमा छ दिन पछिमात्र राहदानी वितरण गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ। राहदानी लिनकै लागि पनि निवेदन बुझाउँदा जस्तै बिहानैदेखि लाइन बस्नपर्ने बाध्यता सर्वसाधारणलाई छ । अपराह्न ३ बजेपछि मात्र राहदानी वितरण हुन्छ । हाल दैनिक ७०० जनाले आवेदन दिने गरेको राहदानी शाखाले जनाएको छ । तर मन्त्रालयमा साधनस्रोतको अभावका कारण दैनिक ३०० थान मात्र राहदानी वितरण गर्न सकिएको छ । मन्त्रालयले राहदानी शाखाका चारवटा काउन्टरबाट वितरण गर्दै आएको थियो। तर दिनहँजसो राहदानी लिनेको भीड बढ्न थालेपछि गत आइतबारदेखि अरु तीन काउन्टर थप गरी हाल सातवटा काउन्टरबाट राहदानी वितरणको व्यवस्था मिलाइएको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »