काठमाडौं - प्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रकारका अधिनायकवादी सोच र दबाब धम्कीसामु नझुकेको दाबी गर्दै राजिनामा दिएका हुन् । आफ्नै पार्टीबाट समेत अमर्यादित विरोध नियमितरुपले झेल्नुपरेको भनाइ उनको थियो । माओवादी असहयोगका कारण सेना समायोजन कार्य अघि बढ्न नसकेको पनि उनले बताए ।
प्रधानमन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरेका छन् । आफूले पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसकेकाले राजिनामा दिएको उनको भनाइ छ । माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्याएको बताउँदै सत्ता कब्जाको भ्रम फैलाएको तथा अरु राजनीतिक दलको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखाएको बताएको छन् ।५ महिनासम्म सदन चल्न नदिएर तथा बन्द, हडताल जारी राखेर उसले निरन्तर असहयोग गरेको, चन्दा उठाउने कार्य जारी राखेको, वाइसिएलको अर्धसैनिक संरचना कायमै राखेको र अन्य दलका कार्यकर्तामाथि आक्रमण गर्ने जारी नै राखेको उनको भनाई थियो । माओवादीको निषेधित नीतिले शान्ति प्रक्रियाले चाहिने जति गति लिन नसकेको बताएका छन् । नागरिकन्युजको सहयोगमा
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this