Banner

भक्तपुर । विश्व सम्पदा सुचीमा परेको भक्तपुरको चाँगुनारायण मन्दिर भत्कने अवस्थामा पुगेको धेरै वर्षपछि यसपालि जीर्णोद्धार सुरु भएको छ । मन्दिरको उत्तर पुर्व कुनामा काठबाट बोनेको झ्याल ढोका र इँटाको गारो छुटिएको छ ।

काठ र इँटा छुटिएपछि मन्दिर नै टेढो भएको छ । मन्दिर उत्तरतर्फ ढल्किसकेको छ । मन्दिर मर्मतका लागि सरकारले यस वर्ष १९ लाख विनियोजन गरेको पुरातत्व विभाग दरबार हेरचार कार्यालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो । मन्दिरको उत्तर तर्फको भागमा रहेको इँटाको गारो र झ्यालढोकाको धाँजो फाटेको छ । झ्यालढोकामा जोडिएको काठको बीचको भाग हात छिर्ने धाँजो फाटेको छ ।

मन्दिरमा राखिएको झ्यालढोका भित्र पसेको छ भने इँटाको गारो धेरै बाहिर निस्केकॊ छ । मन्दिरको छाना र धाँजो फाटेका ठाँउमा बनाइने नकर्मीले जानकारी दिनुभयो । मन्दिरको मर्मत र रंगरोङन २०१८ सालदेखि नभएको उहाँले जानकारी दिनुभयो । चाँगुनारायण मन्दिर सन् १९६९ मा विश्व सम्पदा सुचीकृत भएको हो । त्यस्तै १ सय ८ भर् याङ पनि यसै वर्ष मर्मत हुने भएको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »