ललितपुर । ललितपुरकी जिवित देवी कुमारी चनिरा बज्राचार्य एसएलसी परिक्षा २०६६ मा विशिष्ट श्रेणीमा उत्तिर्ण भएकी छिन् । कुमारी रहेको अवस्थामा एसएलसी परिक्षा उत्तिर्ण हुने उनी नेपालकी पहिलो कुमारी हुन् । उनी एसएलसी उत्तिर्ण गर्ने ललितपुरकै पनि पहिलो कुमारी बन्न सफल भएकी छिन् ।
ललितपुरको पुर्णचण्डीस्थित भास्करा आवासिय माध्यामिक विद्यालयबाट परिक्षामा सम्मिलित भएकी कुमारी बज्राचार्यको सिम्बल नम्बर ०३२६६२७ ुओु हो । कुमारी भएकी कारण विशेष जात्रा तथा पर्व बाहेक घरबाट बाहिर निस्किन नमिल्ने उनलाई घरमै शिक्षक गई अध्यापन गराउने गर्दथे । उनले आफु उत्तिर्ण भएकोमा खुशी व्यक्त गर्दे व्यवस्थापन विषयमा उच्च शिक्षा आर्जन गर्न आफ्नो ईच्छा व्यक्त गरिन् । कुमारी ब्रजाचार्यको पढाई राम्रो भएको र फुस्रदमा इन्टरनेटमा समय कटाउने परिवारले जानकारी दिएको छ । व्यवस्थापन विषय सजिलो हुन्छ त्यसैले रोजेको उनले भनिन् । पछि बैंकमा काम गर्ने रहर छ । उनलाई निजि कलेजमा भर्ना हुने ईच्छा छ ।
उनी कलेज भर्ना भएपनि कुमारी छँदासम्म उनलाई कुमारी घरमै गई अध्यापकले अध्यापन गराउनुपर्ने हुन्छ । कुमारी चनिराकी आमा चम्पाले आफुले केही जेनतेन गरेर छोरीलाई एसएलसी परिक्षामा पढाएको बताउँदै अब उनको पढाईका लागि सरकारले सहयोग गरिदिनुपर्ने आग्रह गर्नुभयो । हाल कुमारीका लागि महिनाको ३ हजार ७ सय दिँईदै आएको छ । यो सहयोग रकम गुठी संस्थान तोषीखाना र ललितपुर उप-महानगरपालिकाले उपलब्ध गराईदै आएको संयुक्त रकम हो ।
यसैगरि २०६६ चैत्र १२ देखि २० गतेसम्म साचालित परिक्षाको गत साताको शुक्रबार सार्वजनिक गरिएको नतिजानुसार २ लाख ५९ हजार ९ सय १६ परिक्षार्थी उत्तिर्ण भएका छन् । परिक्षामा ४ लाख २७ हजार ५१ जना परिक्षामा सम्मिलित भएका थिए । पनिकाले नियमित तर्फ २ लाख ४६ हजार ६ सय ८९ परिक्षार्थी अर्थात ६४.३१ प्रतिशत उत्तिर्ण भएको जनाएको छ । गत वर्ष ६८।४७ प्रतिशत उत्तिर्ण भएका थिए । छात्र १ लाख ३८ हजार ७ सय १६ जना अर्थात ६७.५७ प्रतिशत र छात्रातर्फ १ लाख ८ हजार ९ सय ७३ अर्थात ६०.५९ प्रतिशत रहेका छन् । नियमिततर्फ १६ हजार ८ सय ५९ जना विशिष्ट श्रेणीमा ९३ हजार ३ सय ३९ जना प्रथम श्रेणीमा १ लाख २८ हजार ७५ जना द्धितिय श्रेणीमा र ९ हजार ४ सय १६ जना तृतीय श्रेणीमा उत्तिर्ण भएका छन् ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this