Banner

काठमाडौ । राजधानीमा बचत तथा ऋण सहकारीका नाममा ठगी गर्ने धन्दा फेरि फस्टाएको छ । यही महिनामा मात्र तीनवटा सहकारीका सञ्चालकहरू दर्जनौ शेयरधनीलाई ठगेर फरार भएका छन् ।

यसरी, शेयरधनीलाई ठगेर फरार हुने सहकारीमा अरोना बचत तथा ऋण सहकारी संस्था नयाबजार, बालकल्याण सहकारी संस्था ठमेल र शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था सानोभर्‍याङ, स्वयम्भू रहेका छन् ।

ती सहकारीका सञ्चालकहरू कार्यालयमा ताला लगाएर भागेको आरोप शेयरधनीले लगाएका छन् । लाखौ रुपिया उठाएर तीनवटै सहकारीका सञ्चालकहरू फरार भएको भन्दै पीडितहरूले प्रहरी प्रशसनलाई गुहारेका छन् । अरोनाका सञ्चालक गोरखा स्थायी घर भएका भट्ट थरका व्यक्ति, बालकल्याणका सञ्चालक केशव चौधरी र शिवशक्तिका कृष्णहरि रिमाल सहकारी नै बन्द गरी फरार भएको प्रहरीले जनाएको छ । यी तीनै सहकारीको सञ्चालक समितिमा समेत सबैजना आफन्त राखेको आरोप पीडित शेयरधनीले लगाएका छन् । उनीहरूले शेयरधनीबाट अलिअलि पैसा जम्मा हुदै गएपछि सहकारी नै बन्द गरी फरार भएको हुनसक्ने कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सहकारीमा कार्यरत कर्मचारीहरूले समेत आफूहरूले विगत चार महिनादेखि तलब नपाएको गुनासो पोखेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौमा जम्मा भएका दर्जनौ शेयरधनीले ठगहरूलाई पक्राउ गरिदिन आग्रह गरेका छन् । परिसरका प्रहरी निरीक्षक हरिबहादुर बरुवाल आर्थिक हिनामिना गरेपछि सञ्चालकहरू फरार भएको बताउनुहुन्छ ।

यिनीहरूले सहकारी खोलेको नै बदमासी गर्नका लागि हो उहाले भन्नुभयो, सर्वसाधारणबाट रकम उठाए अनि फरार भए । तीनवटै सहकारीका सञ्चालकहरू सम्पर्कमा नआएकोले खोजी कार्य भइरहेको जानकारी उहाले दिनुभयो । परिसरमा आफू ठगिएको गुनासो लिएर आउनेहरूको सङ्ख्या प्रतिदिन थपिदै छन् ।

तर, यता सहकारी डिभिजन कार्यालय काठमाडौका सहकारी अधिकृत कृष्ण शर्मा शिवशक्ति सहकारीको सञ्चालक भागेपनि अन्य सहकारीको सञ्चालकहरू सम्पर्कमा रहेका बताउनुहुन्छ । बालकल्याणका सञ्चालक चौधरी सम्पर्कमै हुनुहुन्छ उहाले भन्नुभयो । तर, अरोना सहकारीका बारेमा भने जानकारी नभएको बताउनुभयो । सहकारीका नाममा खासै ठगी नभएको दाबी गर्दै शर्माले लक्षित योजना अनुरूप सञ्चालन हुन नसकेर केही सहकारी बन्द भएको हुनसक्ने भन्दै वैशाखदेखि साउन महिनासम्म ठगी गरी फरार भएका सहकारीको नाम सार्वजनिक गर्न मान्नुभएन ।

प्रहरीले भने सहकारीका नाममा उपत्यकाबाट एक दर्जन सञ्चालकहरू ठगी गरी फरार भएको तथ्य सार्वजनिक गर्दै सञ्चालन तथा अनुगमन कार्यमा सहकारी विकास बोर्डले खासै चासो नदेखाएको आरोप लगाएको छ । सहकारी सञ्चालन गर्न दिने आधिकारिक निकायले नै हचुवाको भरमा सहकारी खोल्ने अनुमति दिएपछि ठगहरूले त ठगी हाल्छन् प्रहरी नायव उपरीक्षक लालमणि आचार्यले भन्नुभयो ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »