Banner

नेपाली पत्रकारिताको विकाससँगै विश्वका विभिन्न देशमा पुगेका नेपाली पत्रकारहरुले शुरु गरेको पत्रकारिता आज विश्वभरी विभिन्न माध्यमवाट फैलिएको छ । नेपालीहरुको जनघनत्ववृद्धिसँगै विभिन्न सामाजिक कृयाकलापहरु वृद्धि हुन थालेपछि ती विभिन्न देशमा नेपाली पत्रकारिता आवश्यकता महशुस गरिन थाल्यो ।

समाजमा भएका गतिविधीहरुलाई समाचारका माध्यमवाट सुचना प्रवाह गर्नका लागि नेपालमा पत्रकारिता पेशामा संलग्न भई सकेका वा पत्रकारितामा रुचि राख्ने विभिन्न पत्रकारहरु तथा विभिन्न समुहहरुको सकृयतामा पत्रकारिताको विकास प्रवासमा भएको ईतिहास पाईन्छ । विभिन्न अनलाईन भित्ते पत्रिका र पि्रन्ट पत्रकारिताको रुपमा विकास भएको नेपाली पत्रकारिता आज आएर टेलिभिजन रेडियो तथा राष्ट्रियस्तरका नेपाली पत्रिकाहरुको प्रकाशनसँगै आज यसले विकसित रुप लिएको छ ।

विदेशमा रहेका नेपालीहरुका गतिविधीलाई विभिन्न संचार माध्यममा समाचार सम्पे्रषण गर्ने नेपाली पत्रकारहरुले जुन उत्साह प्रवासको नेपाली समाजमा देखाएका छन् त्यो ज्यादै सराहनीय छ । यसका अलावा अनलाईन पत्रकारिताको जग पनि वसीसकेको थियो र आज कतारमा विभिन्न राष्ट्रियस्तरका पत्रिका लगायत अनलाईन पत्रिका द्धैमासिक वार्षिक लगायत भित्ते तथा साहित्यिक पत्रिकाहरुको विकास पुर्ण रुपमा भईसकेको छ । नेपालीको जनघनत्व वृद्धिसँगै मौलाएको सामाजिक गतिविधी नेपालीले सिकेका सिपको सहि सदुपयोग तथा प्रवासमा रहेका नेपालीहरुले विकास गरेको सामुहिक कार्यको थालनीको चित्रणगरि नेपाली पत्रकारहरुले पुलको भुमिका निर्वाह गनुपर्नेछ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »