Banner

सुबिन कुमार श्रेष्ठ । पाँचौ पटकसम्मको देशको प्रधानमन्त्री चयन हुन नसकेको र वरिष्ठ पार्टीगत नेताको बीचमा सहमति नमिलेपछि सर्बत्र निन्दा हुन थालेको छ ।

एकाध पटक मात्रै होईन पाँचौपटकसम्म पराजितको नतिजा आएर जनताले तथानाम भन्न थाल्दासमेत कोही-कसैमा चेत नखुलेको अवस्था छ । जीत/हार सबैमा हुन्छ । अझ कुर्सीको मेसोमा कुरा गर्ने हो भने कोही कसैलाई पनि अवसर दिने पक्षमा छैनन् नेताहरु । मानमर्यादा र आफ्नो स्तरको घट्दो मापन गर्न नसकेका नेताहरु बीच सहमतिको चरणबद्ध भेटघाट तीब्रतासँगै छैठौं पटक प्रधानमन्त्री चयनकालागि आज (भदौ २०) गतेको निर्वाचन मिति मिलेको छ ।

बारम्बार भएको चुनावको यो छैठौ चरणसम्म आईपुग्दापनि शंका अझै व्याप्त छन् की प्रधान मन्त्रीको कुर्सीमा को बस्ने हुन् र देशलाई शान्तिमय बनाउने आँट कसले गर्ने हुन्  देशमा 'न' हुने र अझै प्रधान मन्त्री नमिल्ने यथार्थ लुकेको छैन् । कोही फ्लोरक्रस गर्दे हकदावी गरिरहेका छन् भने कोही तटस्थ बसेर सहमतिका प्रशस्त मार्ग छन् भनिरहेका छन् । एकै लक्ष्यका लागि एकताबद्ध हुन नसकेका बरिष्ठ पार्टीगत नेताहरुमा कुन शक्ति कुन विवेक र कस्तो खालको औषधीको खाँचो परेको छ ? कोही कसैलाई थाहा छैन । यो अवस्था रहेसम्म देशमा प्रधान मन्त्री नहुने पक्का छ ।

श्रेष्ठ अनलाईन पत्रिका डटकम र  अनलाईन पत्रिका साप्ताहिकका संपादक/प्रकाशक हुनुहुन्छ ।

subin@onlinepatrika.com

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »