सुविन श्रेष्ठ । यत्तिखेर वाणिज्य विभागको दैनिक बजार अनुगमनले बजारमा व्यापार र व्यापारीका वास्तविकता सार्वजनिक भइरहेका छन् । चाडपर्वको पूर्वसन्ध्यामा गरिएको छड्केले ठूला नाम चलेका व्यापारीहरु समेत घृणित काममा लागेको खुलेको छ । विभागको छापाले राजधानीको न्यूरोडमा रहेको गुँदपाक भण्डार अनमोल मिठाई भण्डार र कन्हैयाँ ध्यूलगायतका नाम चलेका व्यापार र व्यापारीहरुलाई कालोबजारी सार्वजनिक भएको छ ।
सम्बन्धित व्यापारीहरु पक्राउ समेत परेका छन् । यता आम उपभोक्तालाई कस्तो खाद्यबस्तु बिक्री वितरण गरिरहेका छन् भनेर मिठाई उत्पादन गर्ने गरेको कारखानामा देखियो । बासी खाद्य बस्तुहरु र फोहर वातावरणमा गरिएको मिठाई उत्पादन कतिको स्वास्थ्यकर हुन्छ व्यवसायीले उपभोक्ताका स्वास्थ्यप्रति कति ख्याल गरेका छन् त्यो पनि प्रष्ट हुन पुगेको छ । यस्तो गम्भीर विषयमा चासो लिएको यो पहिलो पटक हो । जुन विभागले प्रत्यक्ष अनुगमनबाट असली व्यापारको कृकुत्य खुल्न पुग्यो । विभागको यो पहलले गुँदपाकका पारखीहरु र मिठाई रुचाउने आम उपभोक्तासमेत स्तब्ध बनेका छन् । यसबाट दर्जनौ प्रश्न उठेका छन् । बजारमा पाईने के खाने वा के नखाने यद्दपी अखाद्य बस्तुको मिसावटले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कानुनले छुट दिनुहुन्न ।
ऐन कानुन भएपनि चैन बोकेका व्यापारीलाई कारवाहीको माग उपभोक्ताबाट आएका छन् । यहाँ हरेक क्षेत्रमा घुस र पैसाको चलखेल व्याप्त छ । यस्ता प्रकरणमा आफुलाई गिराएर कालोबजारीसँग विभाग मुछिनु हुन्न मिलोमतोमा आउनु हुन्न । ठूला व्यापारीलाई अपराधबाट मुक्त बनाउन खोजिनु हुन्न । अरु गलत व्यापारीहरुलाई बढावा नहोस् । विभागले जुन उदाहरणीय फड्को मारेको छ । उपभोक्ताको साधुवाद छ नै । तर विभागले पैसाका लागि कालोबजारी अखाद्य मिलावट र कमसल पदार्थले गर्ने स्वास्थ्य माथिको खेलवाड गर्नेलाई छोड्न पहल नगरोस् । उपभोक्ताका स्वास्थ्यलाई तुच्छ ठानेर आफ्नो भण्डार भर्नेहरु कुनैपनि हालतमा छुट दिइनुहुन्न । विभागलाई स्याबास छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this
पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।
न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब
बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका
बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार
उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।
लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ
हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन
नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।
नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

