Banner

सुबिन श्रेष्ठ । आखिर समयको गति नै हो । कहाँ कतिखेर को सँगको मिलन/विछोडको रेखा कोरिएको हुन्छ थाहै हुँदैन । यस्तै भेटको सिलसिला पुरानो हुँदै जाने र मिलनको अवस्था फर्किने कमै सम्भावना हुन्छ । मिलनका किस्ताहरुको किताबको सादा पन्नाका खेस्राहरुमा निकै वर्षपछि कोरियो भगवानसँग भेटको अवसर । चाहेर हुने भेटको अवस्था अनि उखान भए जस्तै खोलो नफर्किए पनि भगवानसँगको भेटघाट भने फेरि फर्किएको छ । पहिलो भेटको झण्डै ३ वर्ष पछिको दोश्रो भेट थियो डा. भगवान कोइरालासँग ।

प्रसंग भगवानको यसकारण पनि हो की मुटुको व्यथा र समस्याले पीडितहरुका दर्शनरुप नै हो भगवान अर्थात डा. भगवान कोईराला । निकै वर्षअघि पत्रपत्रिकामा 'मलाई सहयोग गर्नुस्' भन्ने प्रचारको सत्यता खोज्न मैलै यस विषयमा खोज पत्रकारिता गरेको थिए । त्यहीबेला हो पहिलो पटक वहाँको दैलोमा टेकेको थिए । बिना कुनै भेटघाटको योजनामा पुगेको त्यो समय र वहाँको व्यस्ततामा पनि समय मिल्यो २ मिनेट । तर विषयको खोज मनपराएपछि निकैबेर कुराकानी भएको थियो । प्रत्येक सेकेण्ड र मिनेटको महंगो सल्लाह र सुझावमा स्वतन्त्रता रहेकोले होला वहाँसँग फुस्रदिलो समय मिल्न निकै अवसर कुर्नुपर्छ । फेरि निकै समयपछिको अचानक भेटको समय मिलाउन निकै कठिनता उत्पन्न हुने सम्भावना बढेको थियो नै । वहाँसँग भेटघाट थियो यसपाली एक मित्रको स्वास्थ्य सल्लाह लिनुपर्ने कारण पनि ।

समाचारका लागि नभएर भेटघाटको लागि भएकोले अठ्यारो पक्ष एकातिर थियो भने अर्कातिर मित्र रमजान मियाँको मप्रतिको विश्वासीपना । अर्थात भेटघाट गराउन्छ भन्ने धोको । पुरानो नम्बर चलेन । थप पत्रकार मित्रहरुमा नम्बर गुहारे । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग माग्ने प्रयत्न गरे । वहाँहरुको फोनको हालत उस्तै । बल्ल बल्ल पाएको नम्बर अनि सम्पर्क गरे । फोन स्वीचअफ थियो । साँझ लाग्यो फोन । लगभग १२ बजेतिर । वहाँ अप्रेशनमा व्यस्त रहनु भएको खबर पाँए वहाँका सहकर्मी मार्फत । मन आन्नदित भयो फोन नम्बर मिलेको पक्का हो भन्ने विश्वासमा । फोन सम्पर्क अघि केही शब्द लेखेर एसएमएस पठाए । बिहानीपख समय लिन सम्बाद गरे । मौका जुर्यो । भेटको मौका दिनुभयो ।

मित्र पनि यो भेटबाट निकै खुशी छन् । मित्रमा मेरो पुरानो र पहिलो भेटको किस्ता सुनाए । र फर्किने क्रमसँगै डा. भगवानको स्वास्थ्य सल्लाहमा उनी निकै गम्भीर बनेका थिए । दिनको २४ घण्टा पैसा कमाउनुस् जे सुकै गर्नुस् तर १ घण्टा स्वास्थ्यप्रति ख्याल राख्नुस् । अबको योजनामा कोर्दे हामी गतव्य पुग्यौं ।  वहाँको व्यवहार र बिरामी हुनुको शंकाप्रतिको गम्भीर सल्लाहको कुरा अझै नभुलेका मित्र मोहम्मद रमजानले भगवानको स्वास्थ्यप्रति लोभिएका थिए । प्रसंगमा हरेकपटक डा। भगवानले स्थान पाइरहेका छन् ।

वहाँले मित्रलाई अब आउँदा 'म भन्दा दुब्लो देख्न पाइयोस्' भनेर बोलेका स्वास्थ्य सुत्रमा अडित हुँदै चिल्लो छोड्दै बिहानी व्यायामको सुर कसेका छन् मोहम्मद रमजानले । डा. भगवानको स्वास्थ्य सुत्रमय मन्त्रले मेरो स्वास्थ्य सुधारमा समेत दबाब पैदा भएको छ । घण्टौं समाचार सम्पादनमा व्यस्त शरीरलाई पनि यो आवश्यकता ठानेको छु । सबैको 'भगवान' साँच्चै स्वास्थ्य सुत्रमा भगवान देखिएका छन् । अनि तीन भेटका झलकहरुले दृश्य मुहार चम्किएका छन् लगातार ।

subin.photojournalist@gmail.com

अस्तु

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »