Banner

विजयरत्न तुलाधर । चलचित्र जगत्मा धर्म भावनाले प्रेरित भई चलचित्र बनाउने चलन नयाँ होइन । हलिउड र बलिउडमा यस्तो चलनले व्यापकता पाएको छ । नेपालमा भने त्यस्ता चलचित्रहरूको सङ्ख्या कमै मात्र छ । भारतमा धर्म भावनामा असङ्ख्य चलचित्रहरू बनेका छन् । बदलिँदो युग सँगसँगै लोकपि्रय हुँदै आएको टेलिभिजनमा पनि भारतले धर्म भावनबाट अभिपे्ररित भई थुप्रै टेलि शुङ्खलाहरू बनाएको छ ।

'रामायण' र 'महाभारत' लाई यसको अद्वितीय उदाहरणको रूपमा लिन सकिन्छ । यसै क्रममा भारतले महामानव भगवान गौतम बुद्धको जीवनीमा आधारित चलचित्र र टेलि शृङ्खलाहरू पनि बनाएका थुप्रै उदाहरणहरू भेटिन्छन् । बुद्ध जन्मेको देश नेपालमा भने त्यस्तो उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा 'पटाचारा' शीर्षकको चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको 'पटाचारा' चलचित्र बौद्ध कालिन कथामा आधारित चलचित्र हो । पे्रममा अन्धो भई घर परिवार त्यागेकी पटाचाराको कारुणिक जीवनको कथा बोकेको यो कथामा उनलाई भगवान बुद्धले उद्धार गर्ने देखाइएको छ । नेपाली र नेपाल भाषा -दुबै) मा बनेको पटाचारामा मेलिना मानन्धरले शीर्ष भूमिका निर्वाह गरेकीछिन् । यसभन्दा अघि 'चाण्डालिका' शीर्षकमा पनि एउटा बौद्धकालीन कथामा आधारित चलचित्र बनिसकेको छ । नेपाल भाषामा निर्माण गरिएको 'चाण्डालिका' का निर्देशक मनिष श्रेष्ठ हुन् । यस चलचित्रमा हिसिला महर्जनले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । चाण्डालिकाको कथा अनुसार चल्लो जातकी एउटी युवतीको एक बौद्ध भिक्षुसित मन बस्ने र त्यसैको वियोगमा छट्पटिने देखाइएको छ भने यसमा भगवान् बुद्धले देखाउनु भएको सद्मार्ग अपनाएर शान्ति मार्ग प्राप्त गर्ने देखाइएको छ ।


यी दुईवटा सानो पर्दाका चलचित्र बाहेक नेपाल टेलिभिजनको पर्दामा 'पाइला' शीर्षकको बौद्ध कथामा आधारित टेलिशृङ्खला पनि प्रसारित भइसकेको छ । बुद्धकालीन कथामा टेलिशृङ्खला बनाउने प्रयास गरेका निर्देशक दुर्गाराज खरेलले विभिन्न कथाहरू समेटेर लामो शृङ्खला बनाउने कोशिश गरेका थिए । यसै क्रममा 'अङ्गुलिमाल' को कथामाआधारित केही शृङ्खलाहरू प्रसारित पनि भयो । यसमा अभिनेता धु्रव कोइरालाले अङ्गुलिमालको शीर्ष भूमिका निर्वाह गरेका थिए । प्रायोजकहरूको अभाव र निर्माण अत्याधिक लागतको कारण निर्देशक खरेलले आˆनो योजनाअनुसार 'पाइला' लाई गन्तव्य सम्म पुर्‍याउन सकेनन् । उसो त भगवान बुद्ध वा बौद्ध कथामा आधारित गरेर बनाउने भनि बढाइने पाइलाहरू गन्तव्यसम्म नपुगेका उदाहरणहरू धेरै छन् । कतिपय पाइलाहरू त घोषणाभन्दा अगाडि बढ्न नसकेको देखिन्छ । यसतर्फको एउटा ज्वलन्त उदाहरणको रूपमा 'लर्ड बुद्ध' लाई लिन सकिन्छ ।

करिब दशवर्ष अघि निर्माण थालेको 'लर्ड बुद्ध' का निर्देशक बन्नी प्रधान हुन् । त्यत्तिबेला चालीस करोड रुपियाँको लागतमा अन्तर्राष्ट्रिय स्तरमा निर्माण गर्ने भनिएको 'लर्डबुद्ध' को छायाङ्कन पनि आरम्भ भएको थियो तर चारपाँच दिनको छायाङ्कन पश्चात् नै बन्द हुनपुग्यो । यस्तै गरी चर्चित निर्देशक युवराज लामाले बनाउने भनिएको 'शाक्यमुनि बुद्ध' पनि घोषणा पछि नै बन्द हुन पुगेको चलचित्र हो । यसरी घोषणामा मात्रै सीमित हुनपुगेको अर्को एक बुद्ध कथामा आधारित चलचित्र 'सिद्धार्थ' हो । यसलाई प्रकाश सायमीले निर्देशन गर्ने अभिभारा बोकेका थिए तर उनले यो अभिभारा पुरा गर्न पाएनन् । यो चलचित्र जर्मनीका विख्यात लेखक हर्मन हेस्सेले लेखेको पुस्तक 'सिद्धार्थ' मा आधारित भई निर्माण गर्न लागिएको थियो ।

अहिले प्रसिद्ध निर्देशक तुलसी घिमिरे पनि बुद्धको जीवनीमा आधारित एउटा चलचित्र बनाउने उद्देश्यसहित अगाडि बढिरहेका छन् । उनले यो चलचित्र एनिमेशन प्रविधिमा बनाउने सोच बनाएका छन् । ऐनिमेशन प्रविधिमा बनिने चलचित्रमा कुनै पनि कलाकारको अभिनय नभई रेखाचित्र -कार्टुन) हरूको माध्यमबाट चलचित्र तयार गरिन्छ ।विश्वका धेरै केटाकेटीहरूबीच लोकपि्रय टेलिभिजन च्यानल 'कार्टुन नेटवर्क' बाट पनि एकपटक बुद्ध कथामा आधारित एनिमेशन शृङ्खला प्रसारण भएको थियो । भारतमा समय समयमा बुद्ध कथामा आधारित चलचित्र र टेलिशृङ्खला बन्ने क्रम चलिनै रहन्छ । यस तर्फको उदाहरणहरूमध्ये अभिनेता अरुण गोविलले भगवान बुद्धको भूमिका निर्माण गरेको 'बुद्ध' शीर्षकको सिरियल शृङ्खलालाई पनि लिन सकिन्छ । भारतीय टेलिभिजनहरूबाट प्रसारित यस टेलिसिरियलका निर्देशक सि.एस. राव हुन् ।

नेपालमा जस्तै भारतमा पनि भगवान् बुद्धको कथामा आधारित भई बनाउने भनि बढाइएका कतिपय पाइलाहरू गन्तव्यमा नपुगेको उदाहरण प्रशस्तै छन् । त्यस्ता उदाहरणहरूमध्ये अन्तर्राष्ट्रिय ख्याति प्राप्त निर्देशक शेखर कपुरले बनाउने भनी घोषणा गरेको 'यशोधरा' प्रमुख हुन् । यसमा उनले ऐश्वर्या राय बच्चनलाई सिद्धार्थकी पत्नी यशोधराको भूमिकामा अभिनय गराउने चर्चा चलेको थियो । सफल निर्देशक आशुतोष गोवारीकरले पनि 'बुद्ध' शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका थिए तर अहिलेसम्म बनाएका छैनन् ।

यसरी शान्तिका अग्रदुत महामानव गौतम बुद्धको कथामा आधारित चलचित्र बनाउने प्रयास समय समयमा हुँदै आइरहेको छ । तीमध्ये केही सफल र केही असफल भएका छन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »