Banner

अहिले नेपालमा विभिन्न भाषामा चलचित्र बन्ने क्रममा तीव्रता आएको छ । २०२२ सालमा नेपाली भाषाको चलचित्र 'आमा' बनेको दुई दशकपछि नेपालभाषामा 'सिलु' निर्माण भएको थियो । गैरनेपाली भाषामा निर्माण गरिएको पहिलो चलचित्र यही हो । नेपालका विभिन्न आदीवासी जनजातीय भाषामध्येको पहिलो चलचित्र 'सिलु' पछि आदीवासी भाषाकै दोस्रो चलचित्र बन्ने गौरव पनि नेपालभाषाकै 'राजमती' ले प्राप्त गर्‍यो । यी दुवै चलचित्र सेल्युलोयड प्रविधिमा बनेका थिए ।

यो प्रविधिमा चलचित्र नेगेटिभ फिल्ममा छायाङ!न गरी पोजिटिभ फिल्ममा छापिन्छ । यसैबीच चलचित्र निर्माण प्रविधिमा विस्तारै परिवर्तन आउन थाल्यो । अति खर्चिलो सेल्युलोयड प्रविधिको विकल्पको स्थान भिडियो प्रविधिले लिन थाल्यो । अहिले यो भिडियो प्रविधिको पनि अत्याधुनिक रूप अर्थात! 'डिजिटल भिडियो' प्रविधि विकास भइसकेको छ । डिजिटल भिडियो प्रविधिमा चलचित्र बनाउदा खर्च कममात्रै लाग्ने भएकोले अहिले यो प्रविधि निकै लोकपि्रय हुदैछ । नेपालभाषा, गुरुङ, तामाङ, थारू, मैथलीलगायतका आदिवासी जनजातिका भाषाहरूमा मात्र नभई नेपाली भाषामा समेत डिजिटल प्रविधिमा चलचित्रहरू बनिरहेका छन! । डिजिटल प्रविधिमा बनाइने चलचित्रहरूको लागत ज्यादै न्यूनमात्र हुने गरेको छ । यस्ता चलचित्रहरू कम्तीमा ५० हजार रुपियाासम्ममा पनि बनेका छन! ।

कम खर्चिलो र सरल प्रविधि भएका कारण डिजिटल प्रविधिमा नेपालभाषाका चलचित्रहरू बन्ने क्रम दिनदिनै बढ!दैछ । २०६३ साल र २०६४ सालभित्र मात्र नेपालभाषामा करिब ४० वटा चलचित्र यही प्रविधिमा बनेको छ । करिब १५ वर्ष अघि निर्माण भएका 'चरित्र', 'चिपनिप' -शुद्धअशुद्ध), 'निपाः ख्वापा' -दुई अनुहार), 'न्हिला न्हिला हुं' -हाासी हाासी जाऊ) गरी भिडियो प्रविधिका चार चलचित्रपछि सुषुप्त अवस्थामा रहेको नेपालभाषा चलचित्र क्षेत्रमा लामो अन्तरालपछि बौद्धकालीन जातक कथामा आधारित 'चाण्डालिका' पनि भिडियो प्रविधिमै निर्माण भई प्रदर्शनमा आएको थियो । यसपछि 'याामिखा' -दूरदृष्टि) पनि यही प्रविधिमा निर्माण गरिएको थियो ।

यसरी मन्द गतिमा अगाडि बढ!दै गरेको नेपालभाषाको चलचित्र फााटमा २०६० साल चैत ८ गतेबाट 'सुभाय!' -धन्यवाद) लिएर प्रवेश गर्नुभएका निर्देशक आर्यम नकःमिले त्यसपछि क्रमशः 'न्याल्लब्यां' -माछो माछो भ्यागुतो), 'पपु मदुम्ह झंगः' -पखेटाविहीन चरा), 'सत्य धरोधर्म', 'न्हायकं' -ऐना) आदि गरी करिब एक दर्जन चलचित्र जन्माइसक्नुभएको छ । उहााको नवीनतम चलचित्र 'भिन्तुना'

-शुभकामना) हालै आयोजित अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा 'क्रिटिक्स् च्वाइस्' पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । नेवार समुदायमा प्रचलित लोककथा 'ग्वंग छ!यं'मा आधारित यो चलचित्र निर्देशक नकःमिका अरु चलचित्रहरूभन्दा पृथक! छन! । मूलतः हास्य विधालाई अागालेर चलचित्र बनाउन मन पराउने नकःमिले 'न्हायकं' मा सामाजिक विषयलाई छनुभएको थियो भने 'भिन्तुना' मा लोकसंस्कृति बोकेको कथा प्रस्तुत गर्नुभएको थियो ।

नेपालभाषामा अहिलेसम्म प्रदर्शनमा आएका अधिकांश चलचित्रहरू हास्य प्रकृतिका छन! । यस्तो हुनुको प्रमुख कारण 'सुभाय!' -धन्यवाद) र 'न्याल्लब्यां' -माछो माछो भ्यागुतो) ले हासिल गरेको लोकपि्रयता नै हो । पछि गएर भने हास्यको नाममा हास्यास्पद चलचित्रहरूको सङ!ख्या बढ!न थाले । परिणामस्वरूप सबैले परिवर्तन चाहना गर्न थाले । यसै क्रममा निर्देशक माणिक उराय!को 'हाकु सुपााय!' -कालो बादल) र निर्देशक राज शाक्यको 'मिजं' -पुरुष), निर्देशक आर्यम नकःमि को 'न्हायकं' -ऐना) ले सामाजिक विसङ्गतिलाई आˆना चलचित्रको विषयवस्तु बनाउनुभयो । 'मतिनाया कलि' -प्रेमको कल्ली), 'मतिना सी मखु गबलेा' -प्रेम कहिल्यै मर्दैन), 'निˆवःस्वाा' -दुई फूल), 'मतिना' -प्रेम), 'पिया च्वना' -पर्खिबसेा) का सार्थ 'सर्गः मिला' जस्ता विशुद्ध प्रेमकथामा आधारित चलचित्रहरू पनि देखा परे । 'गुरुमापा' नेवार समुदायमा प्रचलित लोककथामा आधारित चलचित्र हो । अहिले गुण सिनेमाका दिजेन्द्र शाक्यको लगानीमा बनिरहेको चलचित्र 'पटाचारा' बुद्धकालीन कथामा आधारित छ । नेपाली र नेपालभाषा गरी दुवै भाषामा बनिरहेको 'पटाचारा'मा नेपाली चलचित्रपटकी चर्चित नायिका मेलिना मानन्धरले शीर्ष भूमिका निर्वाह गरिरहनुभएको छ । गुण सिनेमाले यस अघि 'शङ्करा' शीर्षकको एउटा चलचित्र पनि दुवै भाषामा बनाएको थियो । 'शङ्करा'लाई नेपालभाषामा निर्मित पहिलो एक्शन चलचित्र भनी प्रचारित गरिएको छ । नरेश महर्जनजस्ता मिस्टर नेपाल भइसक्नुभएका खेलाडीले नायकको भूमिका निर्वाह गरेको कारणले पनि यो चलचित्र सजिलै चर्चा बटुल्न सफल रहेको छ ।

विगतमा प्रदर्शित केही चलचित्रहरूले दर्शकमा राम्रो छाप छोड!न नसकेकोले गर्दा अहिले आˆना चलचित्रहरूलाई स्तरीय बनाउने होडमा चलचित्रकर्मीहरू लागिपरेका छन! । निर्देशक रोशन नवीन ताम्राकारको 'तुतां', निर्देशक राजु स्यःस्यःको 'याकः म्हृयाय!' -एक्ली छोरी), निर्देशक प्रकाशराज मानन्धरको 'न्हूम्ह भौमचा' -नव दुलही)लगायत 'भिन्तुना' -शुभकामना), 'गोलमाल', 'झसुकाः' -सुस्केरा), 'ग्वंगः छ!यं' -भाले टाउके), 'ल्वाकःबुकः' -मिसमास) आदि चलचित्रहरू यसै वर्गमा परेका चलचित्रहरू हुन! भने यी चलचित्रहरू अहिले प्रदर्शनको पर्खाइमा छन! ।

अन्य आदिवासी जनजातिका भाषाहरूका चलचित्र जस्तै नेपालभाषाका चलचित्रहरूको प्रमुख बजार भनेको एक दुई च्यारीटी शो र भिसिडि चक्का नै भइरहेको छ । त्यसमा पनि अहिले केन्द्रीय चलचित्र जााचपास समितिबाट सार्वजनिक प्रदर्शनको अनुमति हासिल नगरेका चलचित्रहरू प्रदर्शन नगर्न यहााका हलहरूलाई चलचित्र विकास बोर्डले कडा आदेश दिएकोले यस्ता च्यारीटी शोहरू पनि ठप्प हुन पुगेका छन! । सानो बजेटमा बनाइने यस्ता डिजिटल चलचित्रहरूका लागि पनि ४०/५० लाखको बजेटमा बन्ने ठूला चलचित्रहरूसरह सेन्सर दस्तुर तिर्नुपर्ने भएकोले निर्माण लागतको आधा रकम नै सेन्सरका लागि छुट!याउनुपर्ने बाध्यता छ । सेन्सर दस्तुर र सेन्सर बोर्डका सदस्यहरूका लागि दिइने पारिश्रमिकका रूपमा रहेको बोझ घटनुपर्छ भन्ने मान्यता बोकेर सङ्गठित रूपमा पहल गर्न हालैमात्र नेपालभाषा चलचित्रकर्मी समूह पनि गठन भइसकेकोले अब यो क्षेत्रले भोग्नुपरिरहेका समस्याहरूमा सङ्गठित रूपमा समाधानको उपाय खोजिनेछ भन्ने आशा गर्नेहरू धेरै छन! ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु