Banner

सुबिन श्रेष्ठ । प्रसंग उही एक जिन्दगीको । जुन चलिरहन्छ र समयसँगै ढलिरहन्छ लगातार । समयकै बहावसँगै यहाँसम्मको यात्रामा संगतका व्यक्ति विशेषहरु आईरहे गईरहे र अझै भेटिने क्रम रहिरहनेछ यो अनित्य जीवन रहुन्जेलसम्म । जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ ।

आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट नारायण गोपालको सम्झनापनि यहाँनिर बल्झिएको छ ।

लौ सुन म भन्छु मेरो रामकहानी ।
एकदिनको घाम सयौंदिनको पानी ॥

शब्दका पीडाहरु आमा नेपालले व्यक्त नगरेपनि अचानक भएको भेटमा गुिाजएको गीत हो यो । नेवा प्रेस देय् दबुको आयोजनामा सम्पन्न भएको भेटघाट कार्यक्रमको आयोजनास्थलमा भेटिएकी आमा नेपालको साक्षात्कार हो यो । मनका बहावलाई अनुहारमा गुम्साई यात्रारत एक कथाको सत्य सुनेपछि म आमाबुबाका मन र छोराछोरीका मनका असमानताका पहाड एकाएक आँखा अगाडि बिशाल रुपमा देखियो । न उक्लिने र, न ओर्लिने सपनाका गाथामा बाँधिएर आमा नेपाल अहिले उजाड विपनामा शान्तिको अन्तिम सिरानीको प्रतिक्षामा सेकेण्ड/मिनेट/घण्टा र दिन कटाइरहेका छन् ।

यो पक्कै सहज छैन । आफ्ना सम्पूर्ण सम्पत्तिमा एकाधिकार जमाएर छोराले जन्माएको हिसाब देखायो । म कहाँ जाने  घरबाट निकालिनु अघि पीडा भरिएको स्वर र आँखामा सम्बन्धका तारहरु फिँजाएर सोधिएको प्रश्नको जवाफमा जहाँसुकै जा भनेर छोरा बुहारी र परिवारका सदस्यहरुबाट प्रताडित बन्दै निकालिन् आमा नेपाल । पुराना यादका स्मरणमा डुब्दै आमा नेपालले जीवनको सहयात्री पनि सम्झिईन । तर बितेका पल नफर्किने रित छ संसारको । बहुमूल्य समय र रंगीन जीवनका माचनहरु अब नदोह्रिनेमा आमा नेपाल बिश्वस्त हुनुहुन्छ । जीवन एक नाटक हो अनि बोल्ने हाँस्ने र पीडाहरु पात्रको जिम्मामा आएका भूमिका र हामी स्वयम पात्र ।

कुनै एक विश्वप्रसिद्ध साहित्यकारको वचन मनमा उत्पन्न हुन्छ । म आमा नेपाललाई राम्ररी सुन्ने प्रयत्न गरिरहन्छु । वहाँका आँखामा सम्पूर्ण पल झाँक्ने असफल प्रयास समेत जारी रहन्छ । पलपल आँखाबाट खसेको पीडा र चोटका महंगो नदीका छालहरुसँगै म झरिरहन्छु । के आमा नेपालको सुख फेरि फर्किएला ? हे भगवान यो अन्याय किन आमा नेपाललाई ? हाम्रो सम्बादमय माहौलमा मूर्त साक्षी बनेको बटुक भैरवसमेत मौन छ ।

यद्धपी वहाँले सब देख्न सक्नुहुन्छ र प्रत्येक कुरा थाहा पाउँछन् । हाम्रो सम्बादमा आमा नेपालको कतिपटक मुटु भकानियो ? आँखाबाट कति पीडा मिसिएर मोती खेर गयो ? अझै समयसँगैको शून्य जीवनमा कति लम्बिएला आमाको जीवनयात्रा ?  अनि शान्तिमय सिरानी प्राप्तिमा कति अशान्ति र अन्तरयुद्धको मैदानमा सहभागी भइरहनेछन् आमा नेपाल ? मौनतामा भगवानलाई मौन प्रश्न गरिरहेको छु पलपल । होईन भगवान किन मौन छ ?

अस्तु

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »